अछाम – अछाममा रुखबाट लडेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्ला कि ६५ बर्सिया निखिरा नेपालीको ज्यान गएको हो ।
आफ्नो घर भन्दा करिब २ सय मिटर टाढा रहेको बेडुलाको रुखमा घाँस काटिरहेको बेला अचानक लडेर घाइते भएकी उनलाई उपचारको लागि न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


