• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, चैत ०९, २०७९ | Thursday 23rd March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

घर कर्जा लिँदै हुनुहुन्छ ? प्रक्रिया यस्तो छ !

  •  संवाददाता
  • शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर बनाउने चलन बढ्दो छ । घर निर्माण प्रयोजनका लागि नेपाल राष्ट्र बैंकको नीतिमा रहेर नेपालमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीले यस्तो प्रयोजनका लागि कर्जा दिने गरेका छन् । तपाईंले कर्जा लिएर घर निर्माण गर्ने सोच बनाउँदै हुनुहुन्छ भने कर्जा लिन बैंकहरू छानीछानी रोज्न सक्नुहुन्छ । राम्रो घर निर्माणका लागि कुनै सम्झौता गर्न नचाहे र त्यसका लागि आफूसँग अपुग बजेट भए घर निर्माणका क्रममा कर्जा लिनु उत्तम विकल्प मानिन्छ । तर, बैंक तथा वित्तीय संस्थाबाट पहिलो पटक कर्जा लिँदै हुनुहुन्छ भने तपाईंलाई यस्तो कर्जाबारे केही विषयको मोटामोटी जानकारी हुनु आवश्यक छ ।

    सबैभन्दा पहिले त तपाईं आफ्नो घरको डिजाइन र यसका लागि आवश्यक बजेट तथा आफ्नो मासिक आम्दानीको अनुमान गर्नुहोस् । यसपछि तपाईंलाई थाहा हुन जरुरी छ, राष्ट्र बैंकको नीतिअनुसार नेपालमा वाणिज्य बैंक, विकास बैंक र सहकारी बैंकले घर कर्जा दिन पाउँछन् । सामान्यतया वाणिज्य बैंकको ब्याजदर सबैभन्दा कम र सहकारीको ब्याजदर सबैभन्दा महँगो हुने गरेको छ । तथापि तपाईं आफूलाई सहज हुने बैंकलाई लिन छनोट गर्न सक्ने सुविधा छ ।

    तपाईंले घर निर्माणअघि नै आफ्नो मासिक आम्दानी र बजेटको अनुमान गरिसक्नुभएको हुन्छ । प्रथम पटक कर्जा लिँदै हुनुहुन्छ भने बैंकले तपाईंलाई ७० प्रतिशतसम्म, आवासीय घरका लागि ६० प्रतिशतसम्म र यसबाहेक अन्य हकमा बैंकले ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने गरेका छन् । तर बैंकले तपाईंको मासिक आम्दानीको ५० प्रतिशतसम्म मासिक किस्ता तिर्न सक्ने क्षमता भने हेर्छन् । यस कारण आफ्नो आम्दानीअनुसारको घरको बजेट निर्माण गर्न सकिन्छ ।

    तपाईं घरमा कुनै सम्झौता गर्न चाहनुहुन्न भने बैंकले दिने अधिकतम समयअनुसार मासिक किस्ता निर्धारण गर्न सक्नुहुन्छ । बैंकहरूले कर्जा दिँदा सबैभन्दा पहिले तपाईंको आम्दानी हेर्छन् । तपाईंको आम्दानी जति बढी छ, सोहीअनुसार धेरै ऋण पाउने सम्भावना हुन्छ । यस्तो कर्जा लिन तपाईंले अनिवार्य आयस्रोत भने खुलाउनुपर्ने हुन्छ । सरकारलाई बुझाएको करचुक्ता प्रमाणपत्र पनि पेस गर्नुपर्ने हुन्छ ।

    यति गरिसकेपछि कुन बैंकबाट ऋण लिने र कहाँबाट लिँदा सहज हुन्छ भन्ने कुरा तपाईं आफैंले निर्धारण गरिसक्नुपर्छ । विभिन्न समय बैंकहरूले घर कर्जामा विशेष छुट दिने गरेका छन् । कर्जा लिने सोचिसक्नुभएको छ भने त्यो समय कुन बैंकले कस्तो विशेष सुविधा दिइरहेको छ, बुझ्न नछुटाउनु राम्रो हुन्छ ।

    ऋण दिन बैंकले तपाईंको सम्पत्ति धीतो राख्छन् । अब बैंकमा ऋणका लागि आवेदन बुझाउनुहोस् ।

    आवेदनका साथमा तपाईंले नागरिकता, जमानत बस्नेसहितको आफ्नो वार्षिक आम्दानी र आम्दानीको स्रोतको विवरण, सरकारलाई बुझाएको आम्दानी कर, व्यवसाय दर्ता प्रमाणपत्र, सम्पत्तिको कर तिरेको रसिद, व्यवसाय दर्ता प्रमाणपत्र, सम्पत्तिको कागजपत्र, धितो बन्धक राख्ने सम्पत्तिमै घर निर्माण गर्न लागिएको भए निर्माणको इजाजत पत्र, जग्गाको लालपुर्जा, आम्दानीको स्रोत, वैदेशिक रोजगारी भए पासपोर्टको र तलबी प्रमाणपत्र एवं बैंकिङ स्टेटमेन्ट र बैंकको नीतिअनुसार अन्य कागजात पेस गर्नुपर्दछ ।

    घर कर्जा लिन तपाईंको विवरणले मात्रै पुग्दैन । कर्जा लिँदै गर्दा बस्ने जमानीकर्ताले पनि कर्जाका लागि आफ्नो व्यक्तिगत सम्पत्ति र दायित्वको प्रमाणपत्र, नागरिकता, लालपुर्जा, करचुक्ता प्रमाणपत्र तथा बैंकिङ स्टेटमेन्ट पेस गर्नुपर्दछ । दुवैको दुई कान देखिने पासपोर्ट साइजको फोटो आवश्यक पर्छ ।

    अब यति भएपछि बैंकले तपाईंलाई कर्जा दिने कि नदिने भनेर निर्णय गर्छन् । यदि बैंकले तपाईंको आवेदन स्वीकृत गरे प्रस्ताव–पत्र उपलब्ध गराउँछन् । यसमा सर्तहरू राखिएका हुन्छन्, जुन अनिवार्य अध्ययन गर्नुहोस् । तपाईंले ती सर्त पूरा गर्न सक्नुभएन भने जिन्दगीभरको कमाइ बैंकिङ लिलामीमा डुब्न सक्छ । सर्तमा ढुक्क भएपछि मात्र हस्ताक्षर गर्नुहोस् । त्यसपछि तपाईंको घर कर्जा स्वीकृत हुन्छ ।

    (नबिल बैंकका नायव महाप्रबन्धक मनोजकुमार ज्ञवालीसँगको कुराकानीमा आधारित) -आर्थिक अभियान 

    • घर कर्जा
    • प्रक्रिया
    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य सचेतना सम्बन्धी गीत र नाटक लेखन प्रतियोगिताको नतिजा सार्वजनिक
    पूर्वप्रदेशसभा सदस्यको सुन्तला खेती
    गँड्यौली मल उत्पादन प्रविधी 
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.