• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, साउन ०४, २०८२ | Saturday 19th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
  • १० घण्टा अगाडि

धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
  • १६ घण्टा अगाडि

लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
  • १६ घण्टा अगाडि

अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने
  • २ दिन अगाडि

दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार
  • २ दिन अगाडि

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन
  • २ दिन अगाडि

टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध
  • २ दिन अगाडि

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • २ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • २ हप्ता अगाडि

महामारीमा व्यापारीको ‘लुट’,अनुगमन गर्ने निकाय मौन !

  •  संवाददाता
  • शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बझाङ — कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि बझाङमा निषेधाज्ञाको फाइदा उठाउँदै व्यापारीहरूले मनपरी मूल्य बढाउन थालेका छन् । बजार अनुगमन गर्ने निकाय मौन भएका कारण अधिकांश दैनिक उपभोग्य सामग्रीको मूल्यमा केही दिनयता दोब्बरभन्दा बढी भएको छ ।

    ‘निषेधाज्ञा सुरु हुनुभन्दा अघिल्लो दिनसम्म २ हजार १ सय रुपैयाँ कार्टुनपर्ने अण्डाको अहिले ४ हजार २ सय पुर्‍याएका छन्,’ चैनपुरमा होटल व्यवसाय गर्दै आएकी साइपालकी ल्हामु बोहराले भनिन्, ‘अण्डा मात्रै होइन मूल्य नबढेको कुनै सामान नै छैन । कुनै कुनै सामानको त दोब्बर तेब्बरसम्म मूल्य बढाएका छन् । महामारीका बेला पनि कति लुट्न सकेका ?’

    महामारीको मौकामा व्यापारीहरूले मनपरी मूल्य असुल्न थालेका कारण न्यून आय भएकालाई गुजारा गर्न समस्या भएको छ । बजार मूल्यमा अचाक्ली वृद्धि भएका कारण आफूहरूले छाक टार्नै गाह्रो भएको सदरमुकाम चैनपुरकी स्थानीय राधा बादीले बताइन् । ‘महिनाअघि किलोको ४० मा पाइने चामल बढेर ५५/६० पुर्‍याएका छन् ।

    दाल तेल, तरकारीको भाउ छोइ नसक्नु भइसक्यो,’ उनले भनिन्, ‘पैसा हुनेले त किनेर खालान् । हामी गरिबले भोकै मर्नु रु’ सदरमुकाम र जिल्लाका अन्य बजारहरूमा चामल, दाल, तेल, मासु, चाउचाउ बिस्कुटजस्ता उपभोग्य सामग्री, लत्ता कपडा बन्दोबस्तीका सामग्री, मदिरा र सुर्तीजन्य सामानको मूल्य एक्कासि बढेको छ । व्यापारीहरूले वैशाखको दोस्रो हप्ताबाट उपभोग्य सामानको मूल्य अस्वाभाविक तरिकाले बढाएका हुन । वैशाखको १५ गतेसम्म बोराको ९५० किलोको० १ हजार ८ सय पर्ने मोटा चामलको मूल्य अहिले २ हजार ६ सय ५० सम्म पुगेको छ ।

    यस्तै वैशाख १५ गतेसम्म प्रतिकिलो ७ सयका दरले बिक्री भइरहेको खसीको मासुको मूल्य साता दिनमै बढेर १ हजार पुर्‍याइएको छ । तीन सय रुपैयाँ किलोमा बिक्री भइरहेको कुखुराको मासुको मूल्य ५ सय ५० सम्म पुगेको उपभोक्ताहरूले बताएका छन् । यस्तै वैशाख १५ सम्म लिटरको १ सय ८० रुपैयाँ पर्ने तेलको मूल्य बढेर ३ सयसम्म पुगेको छ । बजारमा तरकारी तथा फलफूलको मूल्य पनि अस्वाभाविक रूपमा बढेको उपभोक्ताहरूको गुनासो छ ।

    व्यापारीहरूले मनपरी मूल्य असुल गरेर उपभोक्ताहरूलाई ठगी गर्दा पनि यसलाई नियन्त्रण गर्न कसैले ध्यान नदिएको प्रति पनि उपभोक्ताहरू आक्रोशित हुन थालेका छन् । ‘संकटका बेलामा उल्टै उपभोक्तालाई सुविधा दिनुपर्नेमा मौका यही हो भने जसरी लुट मच्चाइरहेका छन्,’ नागरिक अगुवा धर्मजंगबहादुर सिंहले भने, ‘उपभोक्ताहरू खुलेआम लुटिरहँदा पनि नियन्त्रण गर्ने निकायहरू रमिता हेरेर बसेका छन् । संकटका बेला उपभोक्ताको हितमा काम गरेनन् भने राज्य छ भनेर कहिले महसुस गर्ने रु यो त अचाक्ली भयो,’ उनले हरेक सामानको मूल्यमा वृद्धि भएको र पसलैपिच्छे उही सामानको मूल्य पनि फरकफरक लिने गरेको बताए ।

    उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले तेल र चामलको मूल्य धनगढीमा नै बढेको भए पनि अरू दैनिक उपभोग्य सामान, मदिरा, सुर्तीजन्य र बन्दोबस्तीको सामानहरूको मूल्य स्थिर रहेको बताए । उनले भने, ‘चामल र खानेतेलको मूल्य धनगढीबाट केही बढेर आएको हो भन्ने जानकारी आएको छ । यसबारेमा हामी बुझ्दै छौं ।

    अरू कुनै पनि सामानको मूल्य बढेको छैन । कसैले बढाएको हो भने सम्बन्धित निकायले कारबाही गरोस् हामी सहयोग गर्छौं ।’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले खाद्यान्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारी साधनहरू निर्बाध रूपमा चलिरहेकाले मूल्यवृद्धि गर्न नपाइने बताए । उनले महामारीको मौका छोपेर कालो बजारी गर्नेहरूलाई प्रशासनले निगरानी गरिरहेको बताउँदै तुरुन्तै कारबाही थाल्ने तयारी भइरहेको जनाए । कान्तिपुर : बसन्त प्रताप सिंह

     

    • निकाय मौन
    • व्यापारीको ‘लुट’
    शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय
    धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ
    लागूऔषधसहित कैलालीमा चार जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    • २.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • ३.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ४.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ५.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ६.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ७.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ८.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • ९.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • १०.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • १.
      धनगढीमा गाडिएको शव प्रहरीद्धारा उत्खनन्, मृतकका भान्जा र भाइ पक्राउ

    • २.
      टीकापुरमा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध

    • ३.
      सुदूरपश्चिमका मुख्यमन्त्री शाहको कानुनी जटिलताको पहिचान गर्न निर्देशन

    • ४.
      दार्चुलाको महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार

    • ५.
      अब अनलाइनमार्फत सूचना माग्न र पुनरावेदन गर्न सकिने

    • ६.
      लागूऔषधसहित कैलालीमा चार जना पक्राउ

    • ७.
      छाउपडी प्रथाजन्य कुरीति विरुद्ध सुदूरपश्चिममा अभियान सञ्चालन गर्ने निर्णय

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.