डडेल्धुरा- नेकपा एमाले डडेल्धुराले तिन महिने जरा अभियान लिएर नेताहरु गाँउ बस्ती र टोलमा पुग्न थालेपछि कार्यकर्ता निकै उत्साहीत भएका छन ।
एमालेले देशब्यापी रुपमा तिन महिने जरा अभियान संचालन गरेपछि डडेल्धुरा एमालेले यो अयिभानलाई प्राथमिकतामा राखेर अघि बढेपछि कार्यकर्ताहरुमा उत्साह बढेको हो ।
एमाले डडेल्धुरा जिल्ला कमिटिको माघ २७ गते सम्पन्न भएको चौथो पुर्ण र्बैठक तथा बृहत जिल्ला अभिमुखीकरण कार्यक्रमले जिल्लाभरी कार्यक्रम तय गरेपछि अहिले जिल्ला,प्रदेश र केन्द्र स्तरका नेताहरु गाँउटोल बस्तीमा पुग्न थालेपछि उत्साह आएको परशुराम नगर कमिटि सचिबालय सदश्य बिरदेब भट्टले जानकारी दिनुभयो ।
तिन महिने जरा अभियानलाई टोल बस्ती प्रभाबकारी रुपमा पुयाउन सकिएमा मिसन ८४ सफल हुनेमा कुनै शंका छैन भट्टले संचारकर्मीहरु संगको प्रतिकृया दिदै भने— नेता र कार्यकर्ता बिचको सम्बन्ध जति नजिक हुन्छ त्यसले संगठन निर्माणमा निकै उत्साह थप्छ ।
नेकपा एमाले परशुराम नगरपालिका वडा नं।७ सादनीमा शुक्रबार सम्पन्न भएको वडा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका नेता तथा पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेहीले कार्यकर्ताहरुका गुनासा,सुझाब लिएर पार्टी संगठन निर्माणमा सबैले लाग्नुपर्नेमा जोड दिनुभयो । एमालेले संचालन गरेको जरा अभियान कार्यक्रमलाई प्रभाबकारी बनाउने गरि घर दैलो अभियानलाई परिणाममुखी बनाउनुपर्नैमा जोड दिदै नेता स्नेहीले नेता र कार्यकर्ताका बिच खुलाखुल्त संम्बाद गरेर संगठन निर्माणमा सकृय भएर लाग्नुपर्नै बताउनुभयो ।
परशुराम नगर कमिटिका अध्यक्ष ओमप्रकाश जोशीले परशुराम नगर भेला गरेर वडा र टोल सम्म पुग्ने गरि नेता कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाड गरिएको र सोही अनुसार परशुरामका १,२,१०,७ र ११ का वडा अभिुमखीकरण कार्यक्रम सम्पन्न गरेर टोल भेलाका कार्ययोजना अघि बढीरहेको जनाएको छ । एमाले परशुराममा बिभिन्न भेला,टोल अधिबेशनमा नेकपा एमालेका केन्द्रीय सदश्य पठानसिह बोहरा,एमाले नेता चक्रप्रशाद स्नेही,प्रदेश सल्लाहकार परिषद सदश्य कृष्णबहादुर बिष्ट,एमाले डडेल्धुराका उपाध्यक्ष दुर्गा गिरी लगायतका नेताहरु घरदैलोमा आउन थालेपछि कार्यकर्तामा उत्साह थपिएको परशुराम नगर कमिटि अध्यक्ष ओमप्रकाश जोशीले बताउनुभयो ।
एमाले परशुराममा मात्रै उत्साह होईन,आलिताल गाँउपालिका,भागेश्वर गाँउपालिका,अमरगढी नगरपालिका सम्बद्ध नेता कार्यकर्ताहरुमा उत्साह थपिएको एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदश्य एबम भागेश्वर गाँउपालिका इन्चार्ज यज्ञराज अबस्थी बताउनुभयो ।
पार्टीले ल्याएको जरा अभियान कार्यक्रमलाई टोल बस्ती सम्म पुग्दा कार्यकर्ताहरुमा उत्साह थपिएको छ र गुनासा पनि छन सबैका भाबनाको सम्बोधन गरि अघि बढेमा मिसन ८४ सफल हुनेमा आफु बिश्वस्त रहेको नेता अबस्थीको भनाई थियो । डडेल्धुराको सदरमुकामा रहेको अमरगढी नगरपालिकामा जरा अभियानको कार्यक्रमले तिब्रता ल्याएको छ ।
अमरगढी नगरपालिकामा ७,९ र १० का वडा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएका छन भने अन्य वडामा निरन्तर अभियान गरिने अमरगढी नगरकमिटी अध्यक्ष खकेन्द्र प्रशाद पन्तले जानकारी दिनुभयो । जरा अभियानले गाँउ टोल सम्म पुग्दा निरास बनेका कार्यकर्ताहरुमा निकै उत्साह देखिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
नेकपा एमाले नबदुर्गा गाँउपालिका र गन्यापधुरा गाँउपालिकामा पनि जरा अभियान कार्यक्रमहरु आईतबार देखि सुरु हुन लागेको एमाले प्रदेश कमिटि सदश्य तथा नबदुर्गा गाँउपालिका इन्चार्ज तारा खातीले जानकारी दिनुभएको छ ।
डडेल्धुरामा तिन महिने जरा अभियान कार्यक्रमले सदश्यता नबिकरण, नयाँ सदश्यता बितरण, प्रशिक्षणका कार्यक्रम,घर फर्क अभियान,टोल बस्ती र घर दैलो अभियान,र नेता कार्यकर्ताका बिचमा बृहत अन्र्तक्रिया,पार्टीको पहलमा भए गरेका कामकुराहरुमा ब्यापक प्रचार प्रशार लगायतका कार्यक्रम रहेका छन