धनगढी– डोटीका मान बहादुर कुवँर भरुवा बन्दुक सहित पक्राउ परेका छन्। जिल्लाको शिखर नगरपालिका -७ उजेलीका ३८ वर्षीय कुवर शनिबार भरुवा बन्दुक सहित पक्राउ परेका हुन्।
उनलाई गोप्य सूचनाको आधारमा कुवरलाई घरबाटै भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनाका अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


