जनता समाजवादी पार्टी ९जसपा०मा पत्रयुद्ध नै चलेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् ।
उनले आज २४ घण्टे स्पष्टीकरणपत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्कासनसमेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।
“उपरोक्त सम्बन्धमा तपाईँलाई पार्टी विधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८९१०,९२०,९३० र पार्टी विधानको दफा ४९ को ९१०,९२०,९३०,९५०,९७०,९८, दफा ५० को ९१० विपरीत काम गर्नुभएकोले मिति २०७८/०२/११ को पत्र संख्या ०७७/०७८ र चलानी नम्बर १७ को पत्र प्राप्त भई व्यहोरा अवगत नै होला । अतः तपाईँसँग स्पष्टीकरण लिई तपाईँलाई सफाइको मौका दिन तपाईँलाई कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएकोमा आजको मितिसम्म जवाफ प्राप्त हुन नआएकोले दोस्रोपटक पुनः यो पत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण लिई आउनुहुन अनुरोध छ । यो पत्र प्राप्त गरेको म्यादभित्र चित्तबुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान, २०७७ बमोजिम निष्कासनसमेतको कारबाही हुनेछ,” यादवलाई पठाएको पत्रमा भनिएको छ ।
यसअघि, आजै अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र पठाएका थिए । सो पत्रको ‘काउन्टर’ दिँदै ठाकुरले पत्र पठाएका हुन् । केही समययता जसपामा एकले अर्कालाई स्पष्टीकरण सोधिरहेका छन् ।