धनगढी: बैतडीको मटेलामा रहेको सशस्त्रको विओपीसम्म सडक पूर्वाधारको पहुँच पुगेको छ।
जिल्लाको शिवनाथ गाउँपालिका–१ नेपाल–भारत सीमा क्षेत्र मटेलाको सशस्त्र प्रहरी बलको विओपीसम्म सडक पुगेको हो।
सुल्लेखान–शर्माली–नगरौघाट सडकखण्ड अन्तर्गत पर्ने सिमल चौतारीदेखी शशस्त्र प्रहरी बल नेपालको बिओपिक्याम्पसम्म एक हजार एक सय मिटर कच्चि सडक निर्माण गरिएको छ। सङ्घीय सम्पूरक अनुदान कार्यक्रम मार्फत सडक निर्माणको ठेक्का सम्झौता गरिएको हो। शिवनाथ गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख अर्जुुनसिंह साउँदले गाउँपालिका र सङ्घीय सरकारको लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको बताए। उनले भने, ‘सङ्घीय सम्पूरक अनुदान कार्यक्रम मार्फत सुल्लेखान–शर्माली–नगरौघाट सडकखण्ड अन्तर्गत आधा बजेट गाउँपालिकाको र आधा सङ्घीय सरकारमार्फत गरेर एक करोडको ठेक्का सम्झौता गरिएको हो।’