• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।

  •  संवाददाता
  • मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको समन्वयमा गरिएको सो अनुगमनबाट नगरपालिकाले करिब डेढ लाख बढीको अखाद्य वस्तु नष्ट गरेको जनाएको छ । नगरपालिकाले करिब एक वर्ष अघि अत्तरिया बजार वा आसपासका बजारहरूमा अनुगमन गरेको थियो । तर एक वर्षको अवधिमा बजारमा अधिकांश पसल, उद्योगमा एक वर्ष अघिका त्रुटि दोहरिएको पाइएको भए पनि त्यसको दोष ती व्यापारी, सञ्चालकलाई थुपार्दै अनुगमन टोलीले यस पटक पनि अनुगमन सम्पन्न गरेको छ ।

    गोदावरी नगरपालिकाकी उपप्रमुख नेतृत्वको अनुगमनमा निकै लामो समय पछि भएको बजारमा अनुगमन अखाद्य बस्तु, म्याद नाघेका, उत्पादन उपभोग्य मिति नै नहालेका, अखाद्य क्यामिकल प्रयोग गरेका सामान छ्यापछ्याप्ती भेटिएका छन् । तर, अनुगमन टोलीले भने पुरानै शैलीमा सम्झाउँदै बुझाउँदै केही सामान जफत गरेर उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्नेलाई उन्मुक्ति दिने काम यस पटक पनि दोहरिएको छ ।

    नियमित अनुगमन नै नगर्ने, अनुगमन गरे पनि प्रक्रिया पुगाउने मात्रै झारो टार्ने प्रवृतिले उपभोक्ताको स्वास्थ्यमाथि भने गम्भीर खेलबाड हुँदै आएको छ । गोदावरी नगरपालिकाले बनाएको बजार अनुगमन निर्देशिका २०७५ मा मासिक रूपमा योजना बनाई अनुगमन गर्नुपर्ने उल्लेख छ । तर, उक्त निर्देशिका लत्याउँदै वर्षमा एक दुई पटक मात्रै अनुगमन हुँदै आएको छ । अनुगमन गरिएको समयमा छ्यापछ्याप्ती अखाद्य बस्तु भेटिदा पनि त्यसलाई नियन्त्रण गर्न नियमित अनुगमन गर्नुपर्नेमा कहिले समय नभएको, कहिले बजेट नभएको भन्दै अनुगमन गर्नबाट पन्छिने गरिएको छ ।

    अत्तरिया बजार सुदूरपश्चिमका नौ जिल्लाकै संगम स्थल भएकाले नियमित उपभोक्ता भन्दा कहिले काही आउने जाने बढी हुन्छन् । चारैतिर राजमार्गले जोडिएको बजारमा अखाद्य बस्तुको बिक्री हुने जोखिम बढी भए पनि यहाँ अनुगमनमा भने बेवास्ता गरिँदै आएको छ ।

    अनुगमन नागरिकको स्वास्थ्य सँग जोडिएको विषयवस्तु हो । बजारमा बेचिने अखाद्य वस्तुहरूले नागरिकको स्वास्थ्यमा गम्भीर समस्या पार्न सक्छ । तसर्थ त्यस्ता वस्तुहरूको बिक्रिवितरण रोक्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको अनुगमन हो । नगरपालिकाले नियमित अनुगमन गरेर त्यस्ता अखाद्य वस्तुहरू जफत गर्ने र त्यस्तो वस्तु बेच्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने कार्य गर्नुपर्छ ।

    मानिसको स्वास्थ्यसँग जोडिएको विषयमा समय अभाव या अन्य बहाना बनाउन पाइँदैन । बजारमा एक वर्षको अवधिमा गरिएको छड्के अनुगमनमा करिब डेढ लाख बढीका अखाद्य सामग्री भेटिए । अझै केही गाउँका बजारहरूमा त अनुगमन हुनै सकेको छैन । एक पटकको अनुगमनले देखाएको यथार्थता बारम्बार दोहोरिँदा पनि अनुगमनमा नियमितता नहुनु सम्बन्धित सरोकारवाला निकायको कमजोरी नै हो । तसर्थ आफ्नो कमजोरीलाई सुधार गर्दै बजार अनुगमनलाई निरन्तरता दिन तिर ध्यान दिइनुपर्दछ ।

     

    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.