• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, जेठ ३२, २०८२ | Saturday 14th June 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
  • १ दिन अगाडि

कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
  • १ दिन अगाडि

सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
  • २ दिन अगाडि

कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ
  • ३ दिन अगाडि

कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ
  • ३ दिन अगाडि

कञ्चनपुरको एक किराना पसलमा आगलागी
  • ३ दिन अगाडि

कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते
  • ३ दिन अगाडि

कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए
  • ३ दिन अगाडि

कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ
  • ५ दिन अगाडि

कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो।

  •  संवाददाता
  • मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- कैलालीको गोदावरी नगरपालिकाले पछिल्लो ३ दिन अत्तरिया बजार र आसपासका अन्य बजारहरूमा अनुगमन गर्‍यो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको समन्वयमा गरिएको सो अनुगमनबाट नगरपालिकाले करिब डेढ लाख बढीको अखाद्य वस्तु नष्ट गरेको जनाएको छ । नगरपालिकाले करिब एक वर्ष अघि अत्तरिया बजार वा आसपासका बजारहरूमा अनुगमन गरेको थियो । तर एक वर्षको अवधिमा बजारमा अधिकांश पसल, उद्योगमा एक वर्ष अघिका त्रुटि दोहरिएको पाइएको भए पनि त्यसको दोष ती व्यापारी, सञ्चालकलाई थुपार्दै अनुगमन टोलीले यस पटक पनि अनुगमन सम्पन्न गरेको छ ।

    गोदावरी नगरपालिकाकी उपप्रमुख नेतृत्वको अनुगमनमा निकै लामो समय पछि भएको बजारमा अनुगमन अखाद्य बस्तु, म्याद नाघेका, उत्पादन उपभोग्य मिति नै नहालेका, अखाद्य क्यामिकल प्रयोग गरेका सामान छ्यापछ्याप्ती भेटिएका छन् । तर, अनुगमन टोलीले भने पुरानै शैलीमा सम्झाउँदै बुझाउँदै केही सामान जफत गरेर उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्नेलाई उन्मुक्ति दिने काम यस पटक पनि दोहरिएको छ ।

    नियमित अनुगमन नै नगर्ने, अनुगमन गरे पनि प्रक्रिया पुगाउने मात्रै झारो टार्ने प्रवृतिले उपभोक्ताको स्वास्थ्यमाथि भने गम्भीर खेलबाड हुँदै आएको छ । गोदावरी नगरपालिकाले बनाएको बजार अनुगमन निर्देशिका २०७५ मा मासिक रूपमा योजना बनाई अनुगमन गर्नुपर्ने उल्लेख छ । तर, उक्त निर्देशिका लत्याउँदै वर्षमा एक दुई पटक मात्रै अनुगमन हुँदै आएको छ । अनुगमन गरिएको समयमा छ्यापछ्याप्ती अखाद्य बस्तु भेटिदा पनि त्यसलाई नियन्त्रण गर्न नियमित अनुगमन गर्नुपर्नेमा कहिले समय नभएको, कहिले बजेट नभएको भन्दै अनुगमन गर्नबाट पन्छिने गरिएको छ ।

    अत्तरिया बजार सुदूरपश्चिमका नौ जिल्लाकै संगम स्थल भएकाले नियमित उपभोक्ता भन्दा कहिले काही आउने जाने बढी हुन्छन् । चारैतिर राजमार्गले जोडिएको बजारमा अखाद्य बस्तुको बिक्री हुने जोखिम बढी भए पनि यहाँ अनुगमनमा भने बेवास्ता गरिँदै आएको छ ।

    अनुगमन नागरिकको स्वास्थ्य सँग जोडिएको विषयवस्तु हो । बजारमा बेचिने अखाद्य वस्तुहरूले नागरिकको स्वास्थ्यमा गम्भीर समस्या पार्न सक्छ । तसर्थ त्यस्ता वस्तुहरूको बिक्रिवितरण रोक्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको अनुगमन हो । नगरपालिकाले नियमित अनुगमन गरेर त्यस्ता अखाद्य वस्तुहरू जफत गर्ने र त्यस्तो वस्तु बेच्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने कार्य गर्नुपर्छ ।

    मानिसको स्वास्थ्यसँग जोडिएको विषयमा समय अभाव या अन्य बहाना बनाउन पाइँदैन । बजारमा एक वर्षको अवधिमा गरिएको छड्के अनुगमनमा करिब डेढ लाख बढीका अखाद्य सामग्री भेटिए । अझै केही गाउँका बजारहरूमा त अनुगमन हुनै सकेको छैन । एक पटकको अनुगमनले देखाएको यथार्थता बारम्बार दोहोरिँदा पनि अनुगमनमा नियमितता नहुनु सम्बन्धित सरोकारवाला निकायको कमजोरी नै हो । तसर्थ आफ्नो कमजोरीलाई सुधार गर्दै बजार अनुगमनलाई निरन्तरता दिन तिर ध्यान दिइनुपर्दछ ।

     

    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
    कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु
    सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

    • २.
      कैलालीमा चट्याङ लागेर एक युवकको मृत्यु

    • ३.
      सुनचाँदी व्यवसायी आन्दोलित,धनगढीमा चाबी सहित र्‍याली

    • ४.
      कञ्चनपुरमा असईमाथि कुटपिट व्यापारी राना पक्राउ

    • ५.
      कैलालीबाट प्रहरी जवानसहित ६ जना पक्राउ

    • ६.
      कञ्चनपुरको एक किराना पसलमा आगलागी

    • ७.
      कैलालीको गोदावरीमा सर्पको टोकाइबाट एक महिला घाइते

    • ८.
      कञ्चनपुरमा प्रहरी चौकीका इन्चार्ज कुटिए

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      कैलालीको लम्कीचुहा नगरपालिकामा एक महिला मृत फेला

    • १.
      आज देशभरका मस्जिदमा बकर ईद मनाइँदै

    • २.
      कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

    • ३.
      सुदूरपश्चिममा भारतबाट आएका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

    • ४.
      धनगढी–अत्तरिया सडकखण्डमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु

    • ५.
      सुदूरपश्चिममा बजेट कार्यक्रम बनाउँदा चारबुँदे प्रतिबद्धता कार्यान्वयन गरिने : मुख्यमन्त्री कमलबहादुर शाह

    • ६.
      कैलालीमा एक महिलामाथि प्रहरीले गरे हातपात

    • ७.
      बाजुराका आगलागी पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले चालिस लाख सहयोग गर्ने

    • ८.
      संघीय सरकार अन्तर्गतका कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा

    • ९.
      कञ्चनपुरबाट खैरो हेरोइन सहित ३ जना पक्राउ

    • १०.
      भारतबाट फर्केका कैलाली र अछामका पाँच जनामा कोरोना सङ्क्रमण

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.