धनगढी – डोटीमा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको छ ।
मंगलबार सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने ९ वर्षीय अमित विकको शव फेला परेको हो ।
बुधवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी मुख्यालय अत्तरियाबाट खटिएको गोताखोर सहितको टोलीले शव फेला पारेको प्रहरीले जनाएको छ ।