धनगढी– कैलालीको धनगढीमा ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष गजेन्द्र शाहीले बिहिबारबाट एनिमल सेल्टर सञ्चालनमा ल्याएका हुन ।
बेवारिसे कुकुरको उद्धार गर्नका लागि एनिमल सेल्टर सञ्चालनमा ल्याईएको वडाध्यक्ष शाहीले बताए । उनले सेल्टरमा बेवारिसे कुकुरहरुको लागि खाना र छानाको व्यवस्था रहेको बताए । उनले आफूले बिवाहको खर्च कटाएर सो एनिमल सेल्टर सञ्चालनमा ल्याएको समेत बताएका छन ।
एनिमल सेल्टरमा कुकुरसहित विभिन्न सडक पशुचौपाया तथा पशुपंक्षीहरुका लागि खाना र आश्रय स्थलको निर्माण गरिएको बताईएको छ ।


