• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ९ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ९ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

धनगढीमा चलचित्र पत्रकार संघको वार्षिक उत्सव मनाईयो

  •  संवाददाता
  • शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी– कैलालीको धनगढीमा २६औँ वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस २०८२ मनाइएको छ । शुक्रबार ‘सुदूरपश्चिमको भाषा, कला, साहित्य, पर्यटन र चलचित्र क्षेत्रको विकासमा सरोकारवालासँग अन्तरक्रिया’ नामक कार्यक्रमको आयोजना गर्दै चलचित्र पत्रकार संघ नेपाल, कैलालीले दिवस मनाएको हो ।

    कार्यक्रमकी प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिमका ९ वटै जिल्लाको संस्कृति बचाउन राज्य गम्भीर हुनुपर्ने बताइन् । उनले कलाकार र संस्कृति क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै पत्रकारिता नै अहिलेको सबैभन्दा विश्वासिलो क्षेत्र भएको उल्लेख गरिन् । साथै, पत्रकारहरूलाई हुने दवाब, अपमान र हिंसाप्रति चिन्ता व्यक्त गर्दै उनले निष्पक्ष पत्रकारिताको आवश्यकता औँल्याइन् ।

    प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका विशिष्ट अतिथि टी.एन. जोशीले प्रतिष्ठानको बजेट सिलिङ घटाइएको जानकारी दिए । उनले आफुहरु चलचित्र महोत्सव आयोजना गर्ने तयारीमा रहेको समेत बताए । यस्तै विशिष्ट अतिथि रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख बाल नरसिंह राणाले कैलालीमा थुप्रै रमणीय पर्यटकीय ठाउँहरू रहेको र चलचित्रका लागि उपयुक्त ठाउँ रहेको बताए । कलाकारहरूलाई छायाङ्कन गर्दा सहज वातावरण बनाउन प्रहरीले सहयोग गर्ने उनको भनाई छ ।

    यस्तै चलचित्र पत्रकार संघ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशीले सुदूरपश्चिममा प्रदेशस्तरीय चलचित्र विकास बोर्ड गठनको आवश्यकता रहेको बताए । कलाकारहरूको संगठन विना चलचित्र पत्रकार संघको अर्थ नरहने उल्लेख गर्दै उनले अन्य प्रदेशमा गठन भएको चलचित्र बोर्ड सुदूरपश्चिममा पनि गठन गर्न सुझाव दिए ।

    कार्यक्रममा पत्रकार महासङ्घ सुदूरपश्चिमका महासचिव शिवराज भट्ट, पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवा, पत्रकार महासङ्घ बझाङका अध्यक्ष ललित सिंह, नेपाल प्रेस युनियनका प्रदेश उपाध्यक्ष टेकेन्द्र देउवा लगायतको उपस्थिति थियो । त्यसैगरी, बरिष्ठ चलचित्रकर्मी उदय बोहरा, कलाकार सरस्वती खड्का, बोक्टानी किङ, सुरेन्द्र संगम लगायत थुप्रै चर्चित कलाकारहरू पनि कार्यक्रममा सहभागी थिए ।

    कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघका सचिव कृत बहादुर विष्टले गरेका थिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष विवेक नागरीले राखेका थिए । कार्यक्रमको प्रवद्र्धक प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी रहेको थियो भने सहकार्य सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानसँग रहेको थियो ।

    शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.