धनगढी – शुक्रवार दिउँसो कोल्टी बजारबाट हिमाली गाउँपालिकाको केन्द्र धुलाचौर जादैँ गरेको जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराले म १ ज २३३ नम्बरको जिप दुर्घटना भएको बताए। हिमाली गाउँपालिका ६ सिउडी खोलामा दुर्घटना भएको जिपमा सवार चालकसहित ६ जना घाइते भएका प्रहरीले बताएको छ।
जिप एक्कासि अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथि रुखमा अड्कीएको प्रहरीले जनाएको छ।