धनगढी – कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट भीमदत्त नगरपालिका–६ का २६ वर्षीय अभिशेक चटौत र भीमदत्त नगरपालिका–७ का ३० वर्षीय बोहरा पक्राउ परेका हुन ।
भारतबाट से १ प ८८०९ नम्बरको मोटरसाइकलमा नेपाल आउदै गरेका उनीहरुको साथबाट १ दशमलव ५२ ग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरुलाई नेपाल प्रदेश प्रहरी महेन्द्रनगर, लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय, गड्डाचौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।


