धनगढी- हनी ट्र्यापमा पारेर रकम असुलेको आरोपमा कैलालीको गोदावरीकी एक युवती काठमाण्डौंबाट पक्राउ परेकी छिन । गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङलाई प्रहरीले सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्र्यापमा पारेको आरोपमा पक्राउ गरेको हो ।
उनी सँगै प्रहरीले भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठीलाई पत्रि पक्राउ गरेको जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुमाथी ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको र बलात्कार कसुरमा फसाउनेसम्म धम्की दिएको आरोप छ ।
सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएको पाइएको थिए । अन्तिममा उनीहरूले ५ लाखको चेक लिएर गएको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


