बाजुरा– बाजुरामा मालवाहन ट्याक्टर दुर्घटना भएको छ । बुढीनन्दा नगरपालिका– ३ मा चुकिरूखमा ट्याक्टर दुर्घटना भएको हो ।
जिपलाई साइट दिन क्रममा खानेपानी निर्माण आयोजनाको सिमेन्ट र पाइप बोकेर गएको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उक्त ट्याक्टर सडकबाट ५ मिटर तल खसेको छ । चालक भने सकुशल छन ।


