बैतडी- बैतडीको सुर्नया गाउँपालिका–५, बिष्टपालीमा मिनी टाटा ट्रकको ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ।
धनगढीबाट बिष्टपालीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ क १८१३ नम्बरको मिनी टाटा ट्रक सतबाझ–श्रीभाबर भित्री सडक खण्डमा ब्याक गर्ने क्रममा सोही स्थानका ८१ वर्षीय महावीर बिष्टलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका बिष्टलाई तत्काल उपचारका लागि धनगढी ल्याउने क्रममा राति करिब ०९:५० बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
दुर्घटनापछि मिनी ट्रक र चालक, सुर्नया गाउँपालिका–२, ग्वानी निवासी ३१ वर्षीय मान सिंह बिष्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। बिष्टको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


