• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

राष्ट्रिय कला प्रदर्शनी शुरू

  •  संवाददाता
  • आइतबार, जेठ १९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं-  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२ बिहीबारबाट प्रतिष्ठानमा शुरू भएको छ । सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने मूल भावमा रहेर सम्पन्न प्रादेशिक ललितकला प्रदर्शनी–२०८१ मार्फत छानिएका कलाकृति समावेश गरी आयोजित प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा प्रतिष्ठानका संरक्षक बद्रीप्रसाद पाण्डेले शुभारम्भ गरेका हुन्।

    मन्त्री पाण्डेले सातै प्रदेशबाट समावेशी रूपमा कलाको प्रतिनिधित्व हुने गरी कला प्रदर्शनी आयोजना हुनु हर्षको विषय भएको बताए। समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लोकतान्त्रिक गणतन्त्रको भावधारा र सांस्कृतिक राष्ट्रिय नारालाई उजागर गर्दै प्रदेश तथा स्थानीय स्तरमा रहेका रैथाने कलाका गुणस्तरमा जोड दिने खालका कार्यक्रमलाई आगामी दिनमा प्राथमिकता दिदै जाने बताए।

    सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले नेपाली ललितकला क्षेत्र पुनर्जागरणको चरणमा रहेको चर्चा गर्दै प्रदर्शनीले देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान दिने दाबी गरे।प्रदर्शनी– मा देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला, मूर्तिकला, वास्तुकला, समसामयिक, आधुनिक चित्रकला, मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गीमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित ६ सय ५ कलाकारका ६ सय ५० भन्दा बढी कलाकृति समावेश छन्।

    जसमा मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातका कलाको विशेष सहभागिता रहेको छ । समारोहमा यस वर्षको अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान १ लाख ५० हजार रुपिया“सहित कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरियो। त्यसै गरी सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार कलाकार अस्मिना रञ्जित र सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार गङ्गाधर सारुलाई जनही ५० हजार रुपिया“सहित प्रदान गरियो। राष्ट्रिय ललितकला लेखन पुरस्कार ६० हजार रुपिया“सहित सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार जनही ३० हजार रुपिया“सहित शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरियो।

    ललितकला प्रवद्र्धन सम्मान नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरियो। सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार १ लाख रुपिया“सहित विनम्र डङ्गोल (परम्परागत चित्रकला) लाई प्रदान गरियो । त्यस्तै राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक र आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा र बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरियो। यी पुरस्कारको राशि जनही ६० हजार रुपैया“ रहेको छ।

    कार्यक्रममा प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला) लाई प्रदान गरियो। यी पुरस्कारको राशि जनही ५० हजार रुपिया“ रहेको छ।

    प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बागमतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दीपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डा“गी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगर, परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतीक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट सोविन शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमाल, वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट संचिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारू, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनी राम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरियो।

    यी पुरस्कारको राशि जनही ३० हजार रुपिया“ रहेको छ ।राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार ६० हजार रुपिया“सहित भीमबहादुर विकलाई प्रदान गरिएको छ। प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बागमतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरियो। यी पुरस्कारको राशि जनही ३० हजार रुपैया“ रहेको छ।

    आइतबार, जेठ १९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालुवाको रोयल्टीमा हिनामिना
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.