कैलाली । सुदूरपश्चिममा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने भएको छ। सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १० गते प्रदेश सभाको बैठक बोलाउने निर्णय भएको हो। उक्त बैठक सोही दिन अपराह्न ४ बजे बस्ने समितिले निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२र८३ को बजेटमाथि छलफल हुने छ।
गएको असार १ गते प्रदेशको आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए। सुदूरपश्चिमको बजेटमाथि धेरै टिकाटिप्पणी पनि भइरहेका छन्।