• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ९ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ९ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

  •  संवाददाता
  • शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा बाख्रापालनका लागि साझेदारीमा सुरक्षित खोर निर्माण गरिएका छन् । कनेक्ट परियोजना अन्तर्गत नगरपालिकाका ६ वडाका २६ बाख्रापालक किसानका लागि साझेदारीमा खोर निर्माण गरिएको हो ।सिमेन्टका पिल्लर, काठ, नट, बोल्ट, फलामका किला, जस्तापाता, तारजालीको प्रयोग गरी हिमालयन नेचर, नगरपालिका र किसानको संयुक्त साझेदारीमा सुरक्षित खोर निर्माण गरिएको छ ।

    हिमालयन नेचरका कार्यक्रम संयोजक श्रीराम घिमिरेका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सुनदेवी मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नम्बर १०, ६ र ७ मा गरी १३ र त्रिशक्ति मध्यवर्ती समितिअन्तर्गत पर्ने नगरपालिकाका वडा नम्बर १, २ र ५ मा गरी १३ बाख्रापालनका लागि खोर निर्माण गरिएका छन् ।

    “मध्यवर्ती क्षेत्रका किसानलाई व्यावसायिक रुपमा बाख्रापालनतर्फ डोर्‍याउनका लागि साझेदारीमा खोर निर्माण गरेका छौँ”, उनले भने, “घरमै घाँसखेती गरी किसानले खोरमै सुरक्षित तरिकाले बाख्रपालनको कार्य गर्दै आएका छन् ।”

    खोर निर्माणका लागि प्रति किसानलाई हिमालयन नेचरले रु २५ हजार, नगरपालिकाले रु १५ हजार, बाख्रापालक किसानले रु पाँच हजारसहित खोर निर्माणका लागि काठको व्यवस्था मिलाएको उनले बताए । काठ र अन्य सामग्री गरी प्रति खोर निर्माण गर्न रु दुई लाख बढीको खर्च आएको उहाँले उल्लेख गरे ।

    नगरपालिकाको वडा नम्बर ७ का बाख्रापालक किसान रमेश दमाईले निकुञ्ज नजिकैको बस्ती भएकाले चितुवा लगायतका जनावरले गोठबाटै तानेर बाख्रा खाइदिने गरेकामा सुरक्षित र व्यवस्थित तरिकाले खोर निर्माण गरिएपछि बाख्रालाई जोगाउन सकिएको बताए ।

    “खोरमा तारजालीको व्यवस्था गरिएको छ”, उनले भने, “चितुवा लगायतका हिंस्रक जनावरले बाख्रालाई अब नोक्सान पुर्याउन सक्दैनन्, सहज रूपमा बाख्रापालनको कार्य गर्न सकिने भएको छ ।” वडा नम्बर १० का किसान बिरु चुनाराले परम्परागत गोठमा बाख्रालाई बाध्ने कार्य गरिँदा सरसफाइ गर्न निकै समस्या हुने गरेको बताए ।

    “बाह्य परजीवीको त्यतिकै समस्या हुन्थ्यो”, उनले भने, “अहिले अग्लो तारजालीसहितको व्यवस्थित खोर निर्माण गरिएकाले बाख्राको मलमुत्र व्यवस्थापन गर्न सहज भएको छ, घाँस दानापानी खुवाउन सहज छ ।”

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर विष्टले किसानलाई अनुदानमा खोर निर्माण गरिएपछि निकुञ्ज तथा सामुदायिक वन माथिको निर्भरता कम हुने बताए ।

    खेतबारीमै किसानले घाँस उत्पादन गरी खोरमै बाख्रापालन गरी आम्दानी लिने भएकाले विगतको जस्तो वन क्षेत्रमा चराउनका लागि लैजानुनपर्ने उनको भनाइ थियो ।

    नगर प्रमुख रणबहादुर महराले व्यवस्थित तरिकाले खोर निर्माण गरिएकाले खोर सफा, सुक्खा र हावा चल्ने भएकाले बाख्रालाई रोग कम लाग्ने, परजीवीको सङ्क्रमण कम हुने र चिसोरतापबाट बचाउन सहयोग पुर्‍याउने बताए ।

    यस्तै नगर उपप्रमुख कल्पना पन्तले व्यवस्थित खोरले बाख्राको स्वास्थ्य सुदृढ हुने बताइन् ।“आम्दानी बढ्ने कार्यसँगै थोरै लगानीमा धेरै फाइदा दिने राम्रो उपायका रूपमा व्यवस्थित खोर रहेको छ,उनले भनिन् ।

    अनुदानमा खोर निर्माण गरेका किसानले सातदेखि १५ सम्म बाख्रापालनको कार्य गरेका छन् । बाख्रापालन गरी वर्षमा किसानले रु ७० हजारदेखि रु एक लाख २० हजारसम्म आम्दानी गर्दै आएका छन् ।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.