धनगढी- कञ्चनपुरका एक युवक लागूऔषधसहित धनगढीमा पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर भन्सार कार्यालय नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने २१ वर्षीय नवराज मिजार लागूऔषधसहित पक्राउ परेका छन्। मिजारलाई शंका लागि चेकजाँच गर्दा ५१० मिलिग्राम लागूऔषध ९खैरो हेरोइन० फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।


