• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १२ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

सर्वसाधारणमाथि इम्बोस्ड नम्बर प्लेटको दबाब

  •  संवाददाता
  • मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चौतर्फी आलोचना र विरोधका बीच पनि सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई तीव्रता दिइरहेको छ। यातायात व्यवस्था विभागले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका कार्यालयमार्फत अभियान अघि बढाइरहेको छ भने सुदूरपश्चिम प्रदेशमा पनि असोज १ गतेदेखि योजना विस्तार गर्ने तयारी भइरहेको छ।

    इम्बोस्ड नम्बर प्लेटले यातायात प्रणालीलाई आधुनिक, सुरक्षित र पारदर्शी बनाउने सरकारको दाबी छ । तर व्यवहारमा भने नम्बर प्लेट जडान अझै पनि विवाद, असन्तोष र अविश्वासको घेरामा छ ।

    नेतृत्व तहकै लागि कानुनै छैन

    सबैभन्दा रोचक र विरोधाभासी पक्ष के छ भने, इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरे कारबाही गर्ने चेतावनी दिने निकायहरुकै लागि यसको कानुनी आधार नै छैन । अर्थात्, जसले नियम बनाउन र कार्यान्वयन गर्नुपर्ने हो, उनीहरुकै सवारीसाधन कानुनबाहिर छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदाधिकारीहरूले प्रयोग गर्ने सरकारी गाडीमा अझै पुरानै ढाँचाको नम्बर प्लेट प्रयोग भइरहेका छन् ।

    यातायात व्यवस्था विभागका प्रवक्ता गणेशमान सिंह राईका अनुसार, विद्यमान कानुनले विशिष्ट अधिकारीका लागि छुट्टै किसिमको इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गरेको छैन। अहिले बजारमा उपलब्ध इम्बोस्ड नम्बर प्लेटहरू सार्वजनिक, निजी वा व्यावसायिक सवारीसाधनका लागि मात्रै तोकिएका छन्—जस्तै, ट्याक्सीका लागि पहेँलो पृष्ठभूमिमा कालो अक्षर, निजी तथा सरकारी गाडीका लागि सेतो पृष्ठभूमिमा रातो वा कालो अक्षर। तर उच्च पदाधिकारीका लागि प्रयोग हुने परम्परागत ढाँचाका नम्बर प्लेटलाई प्रतिस्थापन गर्ने कुनै कानुनी आधार छैन ।

    यही कारणले गर्दा राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका गाडीमा अझै पनि माथिल्लो भाग रातो र तल्लो भाग नीलो रंगको नम्बर प्लेट नै कायम छ। विरोधाभास यत्ति मात्र छैन नियम ल्याउने मन्त्रीहरू स्वयंले पनि पुरानै ढाँचाको नम्बर प्लेट भएको गाडी प्रयोग गरिरहेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालकै गाडीमा अहिले पनि नयाँ शैलीको नम्बर प्लेट जडान भएको छैन ।

    नियम नेतृत्व तहमा लागू नहुने तर सर्वसाधारणमाथि मात्र कठोरता थोपर्ने प्रवृत्तिले इम्बोस्ड नम्बर प्लेट जडानप्रति विश्वास र समर्थन घटाएको छ । मन्त्रीहरूले समेत आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्दा ‘पहिचानमा समस्या’ हुने भन्दै असहजता व्यक्त गरेको तथ्य बाहिर आइसकेको छ । यसले नागरिकस्तरमा ‘समानता नहुने’ धारणा थप गहिरो बनाएको छ।

    यसरी, सरकार नागरिकलाई मात्र कठोर नियम लगाउने तर नेतृत्व तहकै गाडीमा कानुनी अभाव देखिनु इम्बोस्ड नम्बर प्लेट परियोजनाप्रति अविश्वास बढाउने प्रमुख कारण बनेको छ। नीतिगत अस्पष्टता, व्यवहारिक अन्योल र समानताको अभावका कारण यो योजना अझै विवादकै घेराबाट मुक्त हुन सकेको छैन ।

    अनिवार्यताप्रति चर्को असन्तोष

    यातायात व्यवस्था विभागले असोज १ गतेदेखि दर्ता, नवीकरण र नामसारी गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना जारी गरेपछि नागरिक र व्यवसायी दुवै वर्ग आक्रोशित भएका छन् ।

    कतिपयले यसलाई “जबरजस्ती शुल्क असुल्ने सरकारी प्रयास” को संज्ञा दिएका छन् । यसलाई पूर्वाधार अभाव, महँगो शुल्क र कानुनी अस्पष्टतालाई देखाउँदै योजना व्यावहारिक नभएको टिप्पणीसमेत गरेका छन् ।

    सरकारको भनाइअनुसार, इम्बोस्ड नम्बर प्लेटले चोरी नियन्त्रण, कर संकलन पारदर्शी बनाउने, डिजिटल ट्र्याकिङ र दर्ता प्रणालीलाई सहज बनाउने फाइदा पुर्याउनेछ । तर नागरिक र व्यवसायीहरूले महँगो शुल्क, देवनागरी भाषाको उपेक्षा र कुनै छलफल नगरी जबरजस्ती नियम लागू गर्ने प्रवृत्तिको विरोध गरिरहेका छन् ।

    कानुनी विवाद र विगतको रोकथाम

    इम्बोस्ड नम्बर प्लेटमा देवनागरीको सट्टा अंग्रेजी लिपि प्रयोग गरिएको विषयले सुरुयमै ठूलो विवाद निम्त्याएको थियो। अधिवक्ता भरतकुमार बस्नेतले सर्वोच्च अदालतमा रिट दायर गरेपछि २०७४ फागुनदेखि २०७६ मंसिरसम्म करिब २१ महिना यो योजना रोकियो ।

    यद्यपि अदालतले अन्ततः सरकारको पक्षमा फैसला गरेपछि योजना पुनः सुरु भए पनि कोभिड महामारी र नागरिकस्तरको अस्वीकाका कारण कार्यान्वयन लामो समय स्थगित रह्यो ।

    पछिल्ला वर्षहरूमा सरकारले अनिवार्य बनाउने प्रयास गर्दा चर्को विरोधपछि योजना ‘स्वेच्छिक’ बनाइएको थियो। तर अहिले फेरि सरकारले अनिवार्यतर्फ धकेल्ने तयारी गरिरहेको छ ।

    नौ वर्षको विवाद र भविष्य अनिश्चित

    सन् २०१६ मा सुरु भएको इम्बोस्ड नम्बर प्लेट जडान करिब नौ वर्षदेखि विवादमै अल्झिएको छ। यसबीच सरकारले नीतिगत स्पष्टता, पूर्वाधार विकास र जनस्वीकार्यता सुनिश्चित गर्नुको सट्टा परियोजना अघि बढाउने जिद्दी मात्र देखाएको आरोप लाग्दै आएको छ ।

    अहिले पनि सरकार अनिवार्यतामा अडानमै छ, तर नागरिक र व्यवसायीको विरोध यथावत् छ। यसैले, योजना कार्यान्वयन सफल हुन्छ कि पुनः स्वेच्छिकतामा सीमित रहन्छ भन्ने प्रश्न अझै बाँकी नै छ ।

    मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.