काठमाडौं – नेपालको समकालीन राजनीतिमा युवा पुस्ताको बढ्दो प्रभाव र विशेषगरी ‘जेन(जी’ ९न्भलश्० को सक्रियताले देशलाई नयाँ दिशातर्फ उन्मुख गराइरहेको छ ।
यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की नेतृ तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्कीले सामाजिक सञ्जालमार्फत युवा पुस्तालाई सम्बोधन गर्दै एक ओजस्वी अपिल गरेकी छिन् । उनको यो सन्देशले वर्तमान राजनीतिक गतिरोध, भ्रष्टाचार र देशको भविष्य निर्माणमा युवाको भूमिकालाई स्पष्ट रूपमा उजागर गरेको छ ।
तोसिमा कार्कीले आफ्नो सन्देशमा जेन(जी पुस्तालाई ‘देशलाई भ्रष्टाचारी र अघोषित तानाशाहीहरूको पन्जाबाट मुक्त गराउने’ श्रेय दिएकी छि न्। उनले जेन(जी क्रान्तिलाई नेपालको इतिहासमा नमेटिने गरी स्थापित भएको र यसमा अन्य कुनै पनि पुस्ताले भाग खोज्ने ठाउँ नरहेको स्पष्ट पारेकी छिन् ।
उनले देशमा भएका भौतिक क्षति र केही कलिला जीवन गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै यसको सम्पूर्ण दोष आफू र आफूभन्दा अघिल्लो पुस्ताले लिनुपर्ने बताएकी छिन् । ‘हामीले समयमा नै तपाईँहरूलाई भ्रष्टाचारमुक्त, सुसंस्कृत र यहि देशमै सुनौलो भविष्य सुनिश्चित भएको नयाँ नेपाल दिन सकेको भए हामीले हिजो आफ्नो अगाडि आँखा हाम्रा भाइबहिनीहरू सहिद हुनुभएको र सिंहदरबार लगायत सार्वजनिक सम्पत्तिहरू दनदनी जलेको देख्नुपर्दैनथ्यो,’ उनले लेखेकी छिन् ।
कार्कीले आफ्नो पुस्ताले दुई वर्षसम्म संसदमा रहँदा पनि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न नसकेकोमा आत्मालोचना गर्दै जेन(जीले दुई दिनमै त्यो काम गरेर देखाएकोमा सलाम गरेकी छिन् ।
उनले युवा पुस्तालाई अब विगतका पुस्ताजस्तै विभाजित नभई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेकी छिन् । ‘विभाजित हुनुभयो र ढिला गर्नुभयो भने विदेशी, देशद्रोही र फेरि त्यही भ्रष्टाचारी तत्वहरूले खेल्न थाल्छन् । पूर्ण सैनिक शासन आउने वातावरण बनाउन हुँदैन है,’ उनको चेतावनी छ ।
अन्तरिम सरकार र संविधान संशोधनको आवश्यकता
कार्कीले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सर्वसम्मत स्वीकार गरी अघि बढ्न र तत्काल संसद विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले अन्तरिम सरकारले ६ महिनाभित्र चुनाव गराएर जनताको सरकार बनाउने जिम्मेवारी राम्रोसँग पूरा गर्नुपर्ने बताएकी छिन् ।
उनका अनुसार, हालको संसदीय अभ्यासले वर्तमान संविधानले स्थिर सरकार दिन नसक्ने र जनमतको उपहास हुने गरी गठबन्धनका खेल मात्र खेलिने कुरा सिकाएको छ ।


