• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १२ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १३ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

हिउँदे बालीका लागि वर्षा वरदान

  •  संवाददाता
  • बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    देशभरबाट मनसुन बाहिरिएपछि डडेलधुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षा सुरु भएको छ । सोमबार दिउँसोदेखि छिटफुट वर्षा सुरु भए पनि राति ठुलो वर्षा भएको छ । यो वर्षा किसानका लागि वरदान साबित भएको छ । यो वर्षाका कारण हिउँदे बाली लगाउनका लागि खनजोत गर्न सजिलो भएको छ ।

    मङ्गलबार पनि वर्षा जारी रहेको जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेलधुराका प्रमुख श्याम सुनारले बताउनुभयो । उहाँका अनुसार बुधबार दिउँसोदेखि बिहीबार दिउँसोसम्म डडेलधुरा जिल्ला सदरमुकामको खलङ्गामा ४५ मिलिमिटर वर्षा भएको छ । निरन्तर जस्तै वर्षा भइरहेकाले शुक्रबार दिउँसोसम्म १५० मिलिमिटरसम्म वर्षा हुन सक्ने उहाँले बताउनुभयो । हाल पश्चिमी वायुको प्रभावले वर्षा भइरहेको र शुक्रबार मध्याह्न १२स्०० बजेसम्म यसको प्रभाव रहन सक्ने उहाँले बताउनुभयो ।

    सुदूरपश्चिम प्रदेशको बाजुरा र दार्चुला जिल्लाबाट पश्चिमी वायुको प्रभाव बाहिरिने अनुमान गरिएको उहाँको भनाइ छ । असोज महिनाको पहिलो सातादेखि नै ठुलो वर्षा नभएको डडेलधुरामा बर्खे खेतीपाती भित्र्याउन सहज भएको थियो ।

    कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र पनेरुका अनुसार आलु लगाउने समयमा ठुलो वर्षा भए कुहिने समस्या हुन्छ । पहिलो सातापछि वर्षा नहुँदा आलु लगाउनुका साथै धानबाली भित्र्याउन किसानलाई सहज भएको उहाँले बताउनुभयो तर सबै किसानले आलु लगाई नसकेको उहाँले जानकारी दिनुभयो ।

    डडेलधुरामा असोज महिनाभरि र कात्तिक पहिलो सातासम्म आलु खेती लगाइने गरिन्छ । अहिले भइरहेको वर्षाले आलु लगाउन केही ढिलाइ हुने उहाँले बताउनुभयो । किसानले पूर्ण रूपमा धानबाली पनि भित्र्याई नसकेको उहाँले बताउनुभयो । अहिले भइरहेको वर्षाले पाकेको धानलगायत दलहन बाली भित्र्याउन र आलु खेती गर्न ढिलाइ भएपछि हिउँदे बाली लगाउन राहत भएको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । कृषि विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी केशव पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिन तीन लाख ५९ हजार ९११ हेक्टर क्षेत्रफल रहेको छ ।

    डडेलधुरामा छ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको अनुमान छ । यो क्षेत्रफलमध्ये २० प्रतिशत अर्थात् एक हजार २२४ हेक्टरमा छरुवा घैया धान लगाइन्छ । करिब दुई सातासम्म पानी नपर्दा यहाँको जमिन सुक्खा भइसकेको थियो । प्रायः पाखो जमिन भएकाले हिउँदे बालीलगायत खनजोत गर्न समस्या भइसकेको उहाँले बताउनुभयो । पाखो जमिन सुक्खा हुँदा खनजोत गर्न नसकिने अवस्था भइसकेको थियो । उहाँले भन्नुभयो, “अहिले भइरहेको वर्षाले किसानलाई खनजोत गर्न निकै सहज भएको छ ।”

    पानी नपर्दा जमिन सुक्खा भई हाते ट्याक्टरलेसमेत जोत्न नसकेर छोडेका थियौँ। किसान धनबहादुर बोहराले भन्नुभयो, “पानी परे जोत्ने आशामा थियौँ, हिजोदेखिको पानीले खनजोत गर्न र गहुँलगायतका हिउँदे बाली छर्न आद्रता पुगेको छ ।” जिल्लामा एक हजार २२२ हेक्टर क्षेत्रफलमा आलु खेती गरिँदै आएको तथ्याङ्क राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेलधुराको छ । बर्खे र हिउँदे गरेर डडेलधुरामा दुई सिजनमा आलु खेती गरिन्छ । कार्यालय प्रमुख पिताम्बर बस्नेतका अनुसार बर्खे आलु चार सय हेक्टर र हिउँदे आलु ७२२ हेक्टर क्षेत्रफलमा गरिन्छ ।

    बुधबार, असोज २२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.