• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

  •  संवाददाता
  • बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नियमित कमाइ नहुनेहरू आफूसँग भएको सानो पुँजी ब्याज पाउने लोभमा सापटी दिने तर फिर्ता पाउन नसकेर पीडित हुने गरेका छन् । टीकापुर नगरपालिका–१ का एक जना ज्येष्ठ नागरिक भक्तराज (नाम परिवर्तन) यस्तै पीडामा हुनुहुन्छ । “आफ्नो नियमित कमाइ छैन छोरीले मेरो साथीलाई खर्च चाहिएको छ अलि अलि ब्याज पनि दिन्छु भनेको छ भनेपछि १० लाख रुपियाँ दिएँ,” ७० वर्षका भक्तराज भन्नुहुन्छ, “१० वर्ष भयो पैसा फिर्ता दिने चाल गर्दैन आफू जागिरे छ, छोरा विदेश पठाएको छ तर पैसा दिँदैन अब त आफ्नै पैसा दिएर आफैँ लज्जित हुनुपर्ने अवस्था भयो ।”

    टीकापुरकै माया बिसी (नाम परिवर्तन) लाई छोराछोरी पढाउन खर्च नभएपछि घर नै बेच्नु प¥यो । “आधा पैसाले केटाकेटी पढाउँला, आधा पैसाले बैङ्कमा राखेर गुजारा चलाउँला भनेर घर बेचेँ,” बिसी भन्नुहुन्छ, “आफन्तले नै बैङ्कको भन्दा बढी ब्याज दिन्छु मलाई सापटी देऊ भनेपछि लोभिएर दिएँ, अहिले पैसा लिने काठमाडौँ गइसके म घरकी न घाटकी भएकी छु ।”

    जानकी गाउँपालिका अमरावतीकी भविसरा विक पनि त्यस्तै पात्र हुन् जसले सापटी दिएर तड्पी रहनुभएको छ । भविसराले २०६९ भदौ मा एक लाख रुपियाँ टीकापुरकी ईश्वरी विश्वकर्मालाई दिनुभएको थियो । ब्याजबापत वर्षामा धान र हिउँदमा गहुँ दिने गरी मालपोत कार्यालयको प्राङ्गणमा बनाएको तमसुकले यही भन्छ ।

    “दुई वर्षसम्म कहिले एक हजार कहिले दुई हजार गरेर ब्याज दिइन् त्यसपछि दिइनन् । ब्याज रोकिएपछि खोजीनीति गर्दा मलाई अभाव छ होटेल खोल्छु एक लाख सापटी खोजी दिन भनिन्,” भविसराले भन्नुभयो, “नाताले फूपूको छोरी पर्ने ईश्वरीलाई समस्या टारौँ भनेर छोरी मधु विश्वकर्माको नामबाट एउटा लघुवित्तबाट थप एक लाख ऋण निकालेर दिएँ सुरु सुरुमा ब्याज तिरिन् तर पछि घर बेचेरै विदेश गएकी छन् अहिले ऋण तिर्नु त परैको कुरा सम्बन्धनै बिग्रियो ।”

    भविसराले इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी गरेपछि ईश्वरीका श्रीमान्ले २०८० पुसमा ५० हजार त दिनुभयो त्यसपछि भविसरा र ईश्वरीका श्रीमान्को सम्बन्ध पनि बिग्रियो । बेला बेला भारत गएर कमाउँदै ऋण तिर्दै गरेकी भविसरा ईश्वरी विदेशबाट फर्किने दिनको प्रतिक्षामा हुनुहुन्छ । टीकापुरमा यसरी आफन्तबाटै पैसा लिएर नदिने समस्या प्रशस्तै छ । “घरायसी तमसुक बनाएर लेनदेन गरेका मानिस गुनासो लिएर हरेक महिना दुईरतीन जना वडा कार्यालय आउने गरेका छन्,” वडाध्यक्ष मोहन विक भन्नुहुन्छ, “वडाले छलफल गराउँदा दुवै पक्ष आउनुपर्ने हुन्छ तर लिने मानिस आउँदैनन् इमानदारिता छैन ।”

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.