• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, माघ २४, २०८२ | Friday 6th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

  •  संवाददाता
  • शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बैतडी जिल्लाका १० वटा स्थानीय तहले नियमविपरीत करारका कर्मचारी, सल्लाहकार, स्वकीय सचिव जस्ता पदमा ७६० जनाभन्दा बढी भर्ना गरेको देखिएको छ । त्यसरी भर्ना गरिएका कर्मचारी तथा सल्लाहकारहरूमा वार्षिक १६ करोड ८७ लाख रुपियाँ खर्च हुँदै आएको पाइएको नागरिक अगुवा गणेश ठकुराठीले बताउनुभयो । स्थानीय तहको पुनर्संरचना हुनुअघि २०७३ सम्म जिल्लामा ५८ वटा गाउँविकास समिति हुँदा ४० जना सचिवले सबै प्रकारका सेवा दिइरहेका थिए । अहिले सोही प्रकृतिको सेवा दिन स्थानीय तहले वडा र पालिकामा करिब आठ सयको सङ्ख्यामा करारका कर्मचारी भर्ना गरेका छन् ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले नगर प्रहरी, सवारीचालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदारी, माली, बगैँचेलगायतका पदमा करारका कर्मचारी राख्न मिल्ने भए पनि बैतडीका स्थानीय तहले योबाहेकका पदमा नियमविपरीत अस्थायी दरबन्दी सिर्जना गरेर करारमा कर्मचारी भर्ना गरेको उहाँले गुनासो गर्नुभयो । यसरी भर्ना गरिएका अधिकांश कर्मचारी, स्वकीय सचिव, सल्लाहकार जनप्रतिनिधिका नातागोता र दल निकटका रहेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझ विश्लेषण गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सिर्जना गर्न नमिल्ने व्यवस्था गरिएको छ तर बैतडीका स्थानीय तहले आफूखुसी करारका कर्मचारी नियुक्त गरेर वार्षिक करोडौँ रुपियाँ खर्च गर्दै आएको विषयमा महालेखाले समेत टिप्पणी गर्दै आएको छ ।

    करारमा भर्ना गर्ने स्थानीय तहमा दशरथचन्द नगरपालिकाले ९९ जना, डिलासैनी गाउँपालिकाले १२० जना, दोगडाकेदार गाउँपालिकाले विभिन्न १७ पदमा ११८ जना र सोबाहेकका पदमा थप ५७ जना नियुक्त गरेर वार्षिक एक करोड रुपियाँभन्दा बढी खर्च गर्दै आएको छ । त्यसै गरी मेलौली नगरपालिकाले विभिन्न १६ पदमा ३७ जना, अन्य १२ वटा पदमा २० जना गरी ५७ जना, पञ्चेश्वर गाउँपालिकाले ६८ जना, पाटन नगरपालिकाले १०८ जना, पुर्चौडी नगरपालिकाले ५० जना, सिगास गाउँपालिकाले २६ जना, सुर्नया गाउँपालिकाले ५६ जना भर्ना गरेका छन् ।

    महालेखा परीक्षकको प्रतिवेदनले करारका कर्मचारी राख्ने कार्यलाई निरुत्साहित गर्न भने पनि स्थानीय तहले भने करारमा कर्मचारी भर्ना गर्न छाडेका छैनन् । स्थानीय तहले नियमविपरीत खर्च गर्दा बैतडीका स्थानीय तहमा हालसम्मको अद्यावधिक बेरुजु करिब अढाई अर्ब रुपियाँ नाघेको छ ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.