डडेल्धुरा। डडेल्धुराको नवदुर्गा-०५, चामामा रहेको सरस्वती गाउँ सुधार युवा क्लब ले गाउँका युवाहरुलाई खेलकुद मार्फत जोड्ने र भलिबल खेलको विकास गर्ने उद्देश्यका साथ भव्य खुला वडास्तरीय भलिबल प्रतियोगिता-२०८२ को आयोजना गर्ने भएको छ।
कार्तिक ३ र ४ गते (अङ्ग्रेजी मिति: अक्टोबर २० र २१, २०२५) मा नवदुर्गा-०५, चामाको खेल मैदानमा आयोजना हुने यो प्रतियोगिताले यस क्षेत्रमा खेलकुदको माहोल तताउने निश्चित छ।
आकर्षक पुरस्कार राशि र युवा एकताको लक्ष्य
“हाम्रो गाउँ हाम्रो पहिचान” र “युवा मिलौँ गाउँ बनाऔँ” भन्ने मूल नाराका साथ हुन लागेको यो प्रतियोगितामा आकर्षक पुरस्कार राशि राखिएको छ।
पुरस्कार | राशि
प्रथम पुरस्कार | रु. ४०,०००/- |
द्वितीय पुरस्कार | रु. २०,०००/- |
तृतीय पुरस्कार | रु. १०,०००/- |
खेलको मुख्य उद्देश्य खेल मार्फत गाउँका युवाहरूलाई एकजुट गराउने साथै भलिबल खेल र खेलाडिलाई अगाडि बढाउनु रहेको छ।
प्रतियोगितामा सहभागी हुने टिमका लागि दर्ता शुल्क रु. ४,०००/- तोकिएको छ। आयोजकले खेलसम्बन्धी महत्त्वपूर्ण शर्तहरू पनि तोकेको छ, जसमा परिचय पत्र अनिवार्य, पुरस्कार रकममा कर कट्टी हुने र खानाको व्यवस्था खेलाडी स्वयं ले गर्नुपर्नेछ। बस्नका लागि भने आयोजकले सहयोग गर्नेछ।
प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्न कृतिनिधी बिष्ट को संयोजकत्वमा सम्पूर्ण साविक बेलापुर वडा नं ७ का युवाहरुको टोली सक्रिय रहेको छ।
थप जानकारीको लागि:
मिति: कार्तिक ३ र ४ गते, २०८२
स्थान: नवदुर्गा-०५, चामा, डडेल्धुरा
सम्पर्क: कृतिनिधी बिष्ट (९८४८८१८८१२)
आयोजक क्लबले यस महासंग्राममा सहभागी भई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ।


