• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • २ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • २ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • २ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

बिनाशुल्क काम गर्छन् भलमनसा

  •  संवाददाता
  • बिहिबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका सरोज चौधरीले गाउँको भलमनसाका रूपमा काम गरेको ३० वर्ष भइसक्यो । तीन दशकदेखि निरन्तर गाउँको नेतृत्व गरेका उहाँले भलमनसाका रूपमा काम गरेबापत हालसम्म गाउँबाट केही पारिश्रमिक लिनुभएको छैन ।

    “२०५२ सालदेखि म निरन्तर भलमनसा भएर निःशुल्क गाउँको सेवा गर्दै आएको छु,” चौधरीले भन्नुभयो, “गाउँको नेतृत्व गरेबापत बाजेको पालादेखि नै हामीले केही पनि लिएका छैनौँ ।” धनगढी उपमहानगरपालिका–११, बाँसखेडागाउँका रोहितकुमार चौधरीले पनि गाउँको नेतृत्व गरेबापत पारिश्रमिक लिने गर्नुभएको छैन । गाउँमा रहेका गलत अभ्यासलाई हटाउनका लागि आफूले निःशुल्क रूपमा भलमनसा भएर काम गरिरहेको उहाँको भनाइ छ ।

    “गाउँमा केही गलत अभ्यास हुँदै आएको थियो । त्यसलाई हटाउनका लागि म अगाडि बढ्छु, बरु पारिश्रमिक लिदिनँ भनेर नेतृत्व लिएँ,” चौधरीले भन्नुभयो । सरोज र रोहित जस्तै थारू समुदायमा भलमनसा भएर गाउँको नेतृत्व गरिरहेका धेरै जसो भलमनसाले गाउँका हितका लागि अझै निःशुल्क रूपमा काम गरिरहेका छन् । भलमनसा सेवामुखी प्रथा रहेको भन्दै आर्थिक अवस्था सन्तोषजनक रहेका व्यक्तिले गाउँको नेतृत्व गर्दा शुल्क नलिएका हुन् । विगतमा प्रायः भलमनसाले बिनाकुनै पारिश्रमिक गाउँको नेतृत्व गरेको भलमनसा बताउँछन् । लोकतान्त्रिक पद्धतिमा आधारित सेवामुखी प्रथा रहेका कारण गाउँको नेतृत्व गर्दा पारिश्रमिक नलिएको धनगढी उपमहानगरपालिका–९, बङ्गराका भलमनसा रामनारायण चौधरीले बताउनुभयो ।

    बङ्गरामा चौकीदार र देशबन्ध्या गुरुवाका लागि भने टिहाइ उठ्ने गरेको जनाइएको छ । प्रतिव्यक्ति वार्षिक छ केजीका दरले गाउँबाट धानबाली सङ्कलन गरेर दुवै जनालाई बाँडेर दिइने गरेको भलमनसा चौधरीले बताउनुभयो । उहाँले पारिश्रमिक लिनका लागि नभई गाउँको आर्थिक, सामाजिक विकासममा टेवा पु¥याउनका लागि भलमनसाका रूपमा चार वर्षदेखि काम गरिरहेको उल्लेख गर्नुभयो ।

    भलमनसाले गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । यसै गरी भोजभतेरलगायतका कार्यमा पनि भलमनसाको महत्वपूर्ण भूमिका रहने गरेको छ । भलमनसा भनेकै सबैको भलो चिताउने कार्य हुने प्रथा रहेको धनगढी नगर भलमनसा समितिका अध्यक्षसमेत रहनुभएका रोहित चौधरीको भनाइ छ । कतिपय भलमनसाले अझै निःशुल्क रूपमा गाउँको काम गर्दै आए पनि पछिल्लो समय धेरै जसो भलमनसाले चौकीदार र गुरुवाभन्दा कमै भए पनि टिहाइ ९पारिश्रमिक० लिन थालेका छन् । खास गरेर घरमा कमाउने वा काम गर्ने मान्छे अरू नरहेका व्यक्तिले भलमनसाका रूपमा काम गर्दा पारिश्रमिक लिन थालेका हुन् । घरमा एक्लो रहेका व्यक्तिलाई परिवार पनि पाल्नुपर्ने जिम्मेवारी रहने गरेकाले भलमनसाले पनि टिहाइ लिन थालेको धनगढी उपमहानगरपालिका–६, मटियारीका भलमनसा बिन्तीराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “म भलमनसा र चौकीदारका रूपमा काम गरिरहेको छु । घरको एक्लै व्यक्ति पनि हुँ । मलाई ६५ परिवारले वार्षिक २०÷२० केजीका दरले एक घरबाट ४० केजी टिहाइ दिने गरेका छन् ।”

    भलमनसा वर्षभरि नै गाउँ समाजको काममा खट्ने गरेका कारण आर्थिक आम्दानीको अन्य काम गर्न नसक्ने गरेको जनाइएको छ । भलमनसाको पारिवारिक जीवन निर्वाह सहज होस् भनेर कतिपय गाउँमा केही टिहाइसहित नगद पनि दिने गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा धेरै जसो भलमनसाले वार्षिक रूपमा टिहाइ र नगद पारिश्रमिक पनि पाइरहेका छन् । बेलौरी नगरपालिका–२, चारघरुवाका भलमनसा लालवीर चौधरीले गाउँको नेतृत्व गरेबापत आफूले वार्षिक प्रतिघरधुरीबाट २० केजी धान र चार सय रुपियाँ पाउने गरेको बताउनुभयो ।

    बिहिबार, मङि्सर १९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.