धनगढी , पुष ६ (डिसेम्बर २१ २०२५):
विश्व ध्यान दिवसको अवसर पारेर आज नोभा अस्पताल प्रालिले आफ्ना सम्पूर्ण कर्मचारीहरूका लागि विशेष मेडिटेसन कार्यक्रमको आयोजना गरेको छ। कर्मचारीहरूको शारीरिक, मानसिक र संवेगात्मक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अस्पतालले यो महत्वपूर्ण पहल सुरु गरेको छ।
अस्पताल परिसरमा आयोजित कार्यक्रममा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीहरू लगायत सबैको उत्साहजनक सहभागिता रहेको थियो।
कार्य व्यस्तताका कारण उत्पन्न हुने तनावलाई कम गर्न र दैनिक जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्न मेडिटेसन सहायक सिद्ध हुने विश्वासका साथ यो कार्यक्रम संचालन गरिएको अस्पताल ले जनाएको छ।
नोभा अस्पतालका सुचना अधकारि पदम राज भटट ले, जानकरी दिनुभयो “ध्यानले कार्यक्षमता बढाउनुका साथै व्यक्तिगत जीवनमा समेत शान्ति र सन्तुलन कायम गर्न मद्दत पुग्छ,” भन्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लगायत सबैको उत्साहजनक सहभागिता रहेको थियो। कार्य व्यस्तताका कारण उत्पन्न हुने तनावलाई कम गर्न र दैनिक जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्न मेडिटेसन सहायक सिद्ध हुनेज विश्वासका साथ यो कार्यक्रम संचालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।


