• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, माघ ०७, २०८२ | Tuesday 20th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

अत्यन्त जरुरी सूचना !!
  • २ दिन अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • २ हप्ता अगाडि

शर्मा पुरस्कृत
  • ३ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • ३ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • ३ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • ३ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • ३ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ४ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • १ महिना अगाडि

Advertisement

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

  •  संवाददाता
  • मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी, १५ पुस । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा धनगढीमा जारी सातौँ र आठौँ तहका कर्मचारीहरूका लागि ३५ कार्यदिने ‘सेवाकालीन प्रशिक्षण’ अन्तर्गत आज (पुस १५,मंगलवार )स्थानीय तहको सभा सञ्चालन सम्बन्धी प्रयोगात्मक (डेमो) अभ्यास सम्पन्न भएको छ।

    तालिमको आजको सत्रमा प्रचलित कानुन बमोजिम स्थानीय तहका सभा (नगर/गाउँ सभा) कसरी सञ्चालन गर्ने भन्ने विषयमा चरणवद्ध रूपमा प्रस्तुति दिइएको थियो। प्रशिक्षक झंकर कुँवरले प्रशिक्षणको सहजीकरण गर्दै पहिलो सत्रमा सभाको सुरुवात र प्रक्रिया, दोस्रो सत्रमा जनप्रतिनिधि तथा कर्मचारीहरूको भूमिका र अन्तिममा सहभागीहरूको जिज्ञासा समाधानका लागि प्रश्नोत्तर सत्र सञ्चालन गर्नुभएको थियो।

    सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न गरिएको यो ‘डेमो’ प्रस्तुति निकै प्रभावकारी रहेको सहभागीहरूले बताएका छन् । प्रशिक्षणका बारेमा प्रतिक्रिया दिँदै बडीकेदार गाउँपालिकाका प्रशासकीय अधिकृत महेशदत्त भट्टले यो सिकाइले कार्यक्षेत्रमा सभा सञ्चालन गर्दा आइपर्ने कानुनी र व्यावहारिक जटिलता चिर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।”स्थानीय तहको सभा सञ्चालन गर्दा धेरै प्रक्रियागत जटिलताहरू हुने गर्छन्। आजको ‘डेमो’ प्रस्तुतिले ती प्रक्रियालाई कसरी कानुनसम्मत र व्यवस्थित बनाउने भन्ने स्पष्ट मार्गचित्र दिएको छ। यो सिकाइले हाम्रो आत्मविश्वास बढाएको छ।”प्रशासकीय अधिकृत महेशदत्त भट्टले भन्नुभयो । 

    परशुराम नगरपालिकाकी प्रशासकीय अधिकृत शोभा जोशीले यस्तो व्यवहारिक प्रशिक्षणले कार्यसम्पादनमा ठूलो ऊर्जा थपेको बताउनुभयो । उहाँहरूका अनुसार, “किताबमा पढ्नु र प्रत्यक्ष रूपमा अभ्यास (डेमो) गरेर सिक्नुमा धेरै फरक पाइयो, यसले कार्यक्षेत्रमा हुने त्रुटीहरू कम गर्नेछ ।”

    “कुन सेसनमा कसको भूमिका के हुने र कानुनी प्रावधानलाई कसरी पालना गर्ने भन्ने विषयमा निकै राम्रो जानकारी पाइयो। यस्तो व्यवहारिक प्रशिक्षणले कार्यसम्पादनमा हुने त्रुटिहरू कम गर्न मद्दत पुग्नेछ”,उहाले भन्नुभयो ।

    सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रतिष्ठानले आयोजना गरेको यो ३५ दिने तालिमबाट विकास व्यवस्थापन, सेवा प्रवाह र सभा सञ्चालनका क्रममा प्रचलित कानुनको पूर्ण पालना गराई स्थानीय सरकारलाई थप सुशासित र जनउत्तरदायी बनाउन सक्ने दक्ष जनशक्ति तयार पार्ने प्रतिष्ठानको लक्ष्य रहेको छ।  कर्मचारीको नेतृत्व क्षमता विकास गरी नागरिकलाई दिइने सेवामा गुणस्तर कायम गर्ने अपेक्षा गरिएको  प्रशिक्षणमा प्रदेशभरिका स्थानीय तहका अधिकृतहरूको सक्रिय सहभागिता रहेको छ।

    मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अत्यन्त जरुरी सूचना !!
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    • भर्खरै
    • चर्चित
    • १.
      अत्यन्त जरुरी सूचना !!

    • २.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ३.
      शर्मा पुरस्कृत

    • ४.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ५.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ६.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ७.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ८.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ९.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • १०.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १.
      अत्यन्त जरुरी सूचना !!

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.