कोभिड– १९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसी ९म्युकरमाइकोसिस०को संक्रमण अहिले केही मानिसमा पुष्टि भएको छ । यो संक्रमण बिरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै ध्यान पुर्याउनुपर्छ ।
प्रारम्भिक लक्षण
अनुहार, मुख, नाक आँखावरिपरि दुख्ने ।
आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने ।
नाकबाट रगत बग्ने, बाक्लो सिंगान आउने ।
ज्वरो आउने ।
आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने ।
दाँत दुख्ने वा हल्लिने ।
कस्ता व्यक्ति बढी जोखिममा रु
( ४५ देखि ६५ वर्ष उमेर समूह ।
( डाइबेटिक वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरू ।
( धेरैखाले एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू ।
रोकथामका उपायहरू
( सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने ।
( नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।
( व्यक्तिगत स्वच्छतामा ध्यान दिने ।
( घरबाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने ।
( धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने ।
( नुनिलो पानीले नाक सफा गर्ने ।
( पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने ।
( जथाभावी स्टोरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने ।
( सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने ।
( स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने ।
( कालो ढुसी संक्रमण कोरोनाजस्तो एक मानिसबाट अर्को मानिसमा सर्दैन ।
स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय