धनगढी- सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।
मन्त्रिमण्डल विस्तार पछि पहिलो पटक बसेको मन्त्रीपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको छ । डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटलाई दुई लाख दिने र कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने पनि सुदूरपश्चिम मन्त्रीपरिषद बैठकले निर्णय गरेको प्रवक्ता जोशीले जानकारी दिइन् ।
सुदूरपश्चिम मन्त्रीपरिषद बैठक : २१ गते बजेट अधिबेशन
सुदूरपश्चिम मन्त्रीपरिषद बैठक : २१ गते बजेट अधिबेशन
"आगोमा जलेकी भाट्लाई २ लाख दिने निर्णय "
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु