खुसी छु कि,खुश हुन्छु मेरो स्थान लिएर त हेर ।
आफ्नो मुटु त्यो पत्थरलाई उपहार दिएर र त हेर ।।
महल बसी झुपडीको बयान गर्न कहाँ सकिन्छ ।
दुख अभाव कस्तो हुन्छ मेरो जीवन जिएर त हेर।।
पुग्न सम्म बाको सम्पत्ति उडाउला कसको के लाग्छ ।
उडाउनलाई बगाई पसिना झारी आँसु पिएर त हेर ।।
जुन तारा दिन्छु भन्दै अपमान गर्दै नगर आफ्नो ।
सक्छौँ बरु तिम्रै कारण फाटेको यो दिल सिएर त हेर।।