बीसीका एंकर शन लेले बुधवार कट्टु लगाएर राति ११ बजेको समाचार भनेका छन् । बुधवार बेलायतमा यस वर्षकै सबभन्दा धेरै गर्मी भएको थियो । सोही गर्मीका कारण उनले कोट शर्ट र टाई लगाएको भए पनि टेबलले गोडा छेक्ने भएकाले कट्टु लगाएका सार्वजनिक भएको छ ।
अगाडिको क्यामराबाट नदेखिएपनि साइडको क्यामराबाट चाहिँ उनले कट्टु लगाएको देखिएको छ । एक सेकेन्डका लागि क्यामरा साइडबाट देखिएपछि तीखो आँखा भएका दर्शकले लेको नांगो गोडा याद गरेका थिए ।
त्यतिखेर उनले कोभिडकालको यात्रा नियम र इजरायलको राजनीतिक संकटका विषयमा समाचार भनेका थिए ।
पछि उनले मध्यरातको बुलेटिन भन्दा पनि कट्टु नै लगाएका थिए । त्यतिखेर चाहिँ उनले चश्मा पनि लगाएका थिए ।
शन ले पश्चिम लन्डनमा बस्छन् र उनी बाहिर प्रायः कट्टु नै लगाएर हिँडेको देखिन्छ ।
उनले अनि बीबीसीले पनि यस विषयमा टिप्पणी गर्न मानेन ।