• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

जिल्ला अस्पताल बैतडीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

  •  संवाददाता
  • शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले जिल्ला अस्पताल बैतडीलाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। बैतडीमा अक्सिजन सहयोग अभियान सञ्चालन गरिरहेको प्रतिष्ठानले ५ थान कन्सन्ट्रेटर खरीद गरेको र तीमध्ये दुई थान जिल्ला अस्पताललाई प्रदान गरेको हो।

    प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। अध्यक्ष चन्दका अनुसार प्रतिष्ठानले ५ वटा कन्सन्ट्रेटर खरीद गरेको र ती मध्ये दुई थान जिल्ला अस्पताललाई दिइएको छ भने पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका र मेलौली नगरपालिकालाई एक(एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्नेछ।

    १० लिटरका अक्सिजन कन्सन्ट्रेटरमा प्रतिथान १ लाख २० हजार रुपैयाँमा खरिद गरेको हो। यसअघि प्रतिष्ठानले अस्पताललाई ४० लिटरका ६ थान अक्सिजन सिलिण्डर पनि हस्तान्तरण गरेको थियो।यस्तै खाली सिलिण्डरहरु पनि भरिदिने काम र ढुवानी गरिदिने काम पनि प्रतिष्ठानले गरिरहेको छ। यसका साथै प्रतिष्ठानले यसअघि स्वास्थ्य कार्यालयलाई महामारीसम्मका लागि एम्बुलेन्स समेत उपलब्ध गराएको थियो।

    अक्सिजन सहयोग अभियानअन्तर्गत अहिले सम्म ९ लाख ९० हजार रकम संकलन भएको जनाइएको छ। जिल्लामा अक्सिजन अभाव भएकोले अभियान सञ्चालन गरिएकोमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तित्वबाट सहयोग भएको अभियानका सदस्य महेशदत्त भट्टले बताए।

    अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो।

    अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएपछि अस्पतालमा अक्सिजन आपूर्तीमा सहज हुने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीको विश्वास रहेको छ।

    यसैबिच नेपाल रेडक्रस सोसाइटीले जिल्ला विपद् व्यवस्थापन समिति बैतडी, सुरक्षा निकाय र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस् भनेर स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका उपमहासचिव तेजप्रकाश भट्टले बताए। चाइना रेडक्रसको सहयोगमा प्राप्त भएका विभिन्न स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट हस्तान्तरण गरिएको हो।

    जिल्ला विपद् व्यवस्थापन समितिलाई १० हजार थान मास्क, एक थान अक्सिजन कन्सन्ट्रेटर र २५ थान पिपिई हस्तान्तरण गरिएको हो। यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडीले पनि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। चारवटै कार्यालयलाई १ हजारका दरले मास्क वितरण गरिएको छ भने नेपाली सेनालाई ७ ओटा डेथ बोडी बेग पनि हस्तान्तरण गरिएको हो।

    अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई सहयोग होस भनेर स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए।

    यसका साथै ह्युमिनीटी फाउण्डेसन नेपालले उपलब्ध गराएको स्वास्थ्य सामग्री बैतडीको गुरुखोला स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ। फाउण्डेसनले उपलब्ध गराएको ५ थान बेड र २ हजार मास्क गुरुखोला स्वास्थ्यचौकीका प्रमुख लवदेव भट्टलाई हस्तान्तरण गरिएको हो।

    • अक्सिजन
    • कन्सन्ट्रेटर
    शनिबार, जेठ २२, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.