• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शुक्रबार, चैत १०, २०७९ | Friday 24th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • १ हप्ता अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • ३ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ४ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • १ महिना अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • १ महिना अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • १ महिना अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • १ महिना अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

कोरोना त्रास र सङ्क्रमणका २१ रात !

"मृत्युको मुखबाट पाएको नयाँ जीवन "
  •  तेज जङ्ग मल्ल
  • सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पेसाले सञ्चारकर्मी दिनहुँ समाचार सङ्कलनका लागी हिँडिरहन्थे । कहिले नेपाल भारत सिमानाका त कहिले नागरिकका गुनासा बोकेर विभिन्न सरकारी कार्यालय । यही दौडधुपकै बेला नेपालमा पनि दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमण फैलियो ।
    कोरोनाको फेरिएको शैलीलाई लिएर नागरिक सबै त्रसित थिए । संकटको बेलामा जिम्मेवारी र कर्तव्यबाट विचलित हुन सकेन । निरन्तर कर्ममा खटिरहे ।

    स्वास्थ्य सुरक्षाका मापदण्ड भने सक्दो पालना गरेको थिए । तर अचानक जीवनमै नभएको स्वास्थ्यमा असहज परिस्थितिको अनुभव भयो । त्यो दिन थियो वैशाख १३ गते । बिहानै देखि एक्कासि एकोहोरो सुख्खा खोकी लाग्न थाल्यो,शरीरका धेरै जसो भागहरू दुखेर असहज अनुभव हुन थाल्यो ।
    तर मैले त्यसलाई सामान्य गर्मीका कारणले भयो होला ठानेर सामान्य मानेर नियमित काममा लागे । दोस्रो दिनसम्म पनि स्वास्थ्यमा कुनै सुधार नभए पछि कोरोना टेस्ट गर्ने सोच बनाए । कोरोना परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा स्वाब दिएर पुनः काममा फर्किए । स्वाब दिए पनि मलाई अझै पनि गर्मीकै कारण भन्ने सोच छदै थियो ।

    म ढुक्कझैँ थिए म सङ्क्रमित छैन भन्नेमा । दिन बित्यो,रात बित्यो । त्यसको दोस्रो दिन पनि म नियमितझैँ अफिस पुगे । सामान्य अफिसमा काम गरिरहेको थिए । त्यति बेलै मोबाइलमा म्यासेज आयो । मैले कसले सम्झेछ भनेर हेरे । हेरिसकेपछि त्यो म्यासेज थियो सेती प्रादेशिक अस्पतालको । म्यासेज पढे ।
    एक्कासि कसैले मलाई बन्दुकको गोली हानेझैँ लाग्यो । अफिसमा त्यो समयमा म एक्लै थिए ।

    मलाई तनाव कोरोना सङ्क्रमण देखिएको भनेर भन्न सक्ने स्थितिमा थिएन । मेरो दिमागमा अनेक कुराहरू खेल्न थाले । केरिबेर पछि मन दरो बनाएर सहकर्मीहरूलाई आफूलाई कोरोना भएको कुरा फोन गरेर जानकारी गराए । उनीहरूलाई नि कोरोना परीक्षण गराउन सुझाव दिँदै म अलग बसे ।
    अव सङ्क्रमित भएको भन्दा बढी तनाव थियो कहाँ जाने का बस्ने भन्ने । घर जाऊँ अरूलाई जोखिम बढ्ने डर भाडामा धनगढीमा बस्थे कोठामा जाऊँ त्यहाँ पनि जान नसकिने अवस्था थियो । नैतिक प्रश्नले भने मलाई घचक्क पारको थियो,कोठामा जानु हुँदैन भनेर । तर मसँग विकल्प केही थिएन । अस्पताल भर्ना हुँ भने अस्पतालमा गम्भीर खालका बिमारीका लागी समेत बेड खाली थिएनन् ।
    छुट्टै बस्ने न त्यस्तो आईशोलेसनको व्यवस्था थियो । अन्त्यमा आफै कोठामा बस्ने निधो गरे अनि त्यतै तिर लागे । थाहा छैन त्यो निर्णय कतिको उपयुक्त थियो । म बस्ने कोठा भित्रै रेष्टरुम र खानेपानी आवश्यक सुविधा भित्रै भएकाले पनि मलाई त्यहीँ बस्ने उत्तम विकल्प लाग्यो र कोठा तिर लागे ।


    कोठामा मसँग मेरो आफन्त पर्ने भाइ पनि सँगै बस्थ्यो । त्यो दिन पनि भाइलाई आफूलाई सङ्क्रमण भएको जानकारी त गराएको थिए । तर भाइ पनि आफूलाई सङ्क्रमण देखिने फिक्स झैँ भएर मसँग नै बसो । तनाव माथि अर्को तनाव थपियो अव । सरेको छ भने त ठिकै छ नसरेको भए सर्छ भन्ने तर त्यो अवस्थामा मैले भाइलाई घर पठाउन पनि सकेन ।
    दोस्रो दिन अफिसका सहकर्मीसँगै भाइले परिक्षणका लागी स्वाब दिए । स्वाब दिएको तिन दिन पछि सबैको रिपोर्ट नेगेटिभ आयो । यो खबरले खुसी भए ।
    कोरोना सङ्क्रमण देखिएको ५ दिन भएको थियो । त्यो रात एक्कासि स्वास्थ्यमा समस्या बढ्यो आत्तिए पनि मनमा एउटै कुरा खेलिरहन्थ्यो अव म बाच्दैन । तर विभिन्न माध्यममा कार्यरत साथीहरूले मनोबल उच्च राखेर खानपिनमै ध्यान दिन भनिरहन्थे । तर आफूलाई खाना पटक्कै रुचेन । तर पनि बल गरेर खानामा जोड दिई रहे ।
    सङ्क्रमित भएको दिन देखिनै न रातमा नीद लाग्थ्यो न खाने मननै । बल गरेरै भएर पनि घरबाट बाबाआमा दिदिबहिनि र एक जना मेरो निकटकै मान्छेले खाना खान भनिरहने चिन्ता गरिरहने भएकाले पनि म जबरजस्ती भए पनि खानपिनमा ध्यान दिई रहे, बढी जसो प्रोटिनयुक्त खानेकुराहरू खानु भन्ने डाक्टरको सल्लाह बमोजिम नै खाइरहे ।

    सङ्क्रमण पुष्टि भएकै दिन देखि घरमा बुबा आमाले बोलाइरहे तर म जान सकेन । कारण थियो मेरो कारणले घरपरिवारले दुख नपाउन भन्ने । बिस्तारै दिन बित्दै गए ५ औँ दिन देखि बढिनै असहज परिस्थिति सुरु भएको ९ औँ दिनमा आएर केही सुधार हुँदै आयो । सङ्क्रमण देखिएको दिन नै सेती प्रादेशिक अस्पतालमा कार्यरत सबै जसो फिजिसियन डाक्टरहरूको सम्पर्कमा रहिरहे । उहाँहरूको सल्लाह बमोजिम मैले खानपिन तथा शारीरिक व्यायामहरू गर्न सुरु गरे । दिनमा कम्तीमा पनि २० पटकसम्म तातोपानी खाने गर्थे भने ८ पटक सम्म विभिन्न जटिबुुटी ( बेसार, अदुवा, टिमुर , तेजपात , लगायत अन्य) पानीमा हालेर पकाएर खाने गर्थे ।

    दैनिक बिहानै उठेर नुहाई धुवाइ गरेर ४ घण्टा योगा र प्राणायाम गर्थे त्यसले सास फेर्न सहज गराउने गथ्र्यो भने दिनभर मन शान्त हुने गरेको थियो । आफूलाई बिजी बनाई राख्न विभिन्न सामाजिक सञ्जालहरूमा कमेडि हेर्ने , भिडियोहरू बनाएर सेर गर्थे यसले मनलाई भुलाई राख्थ्यो भने आफु संक्रमित हुँ भन्ने पनि भुलाउने गथ्र्याे ।


    म जस्तै सयौँ साथीहरू सङ्क्रमित भएको कुरा गर्थे र उनीहरूसँग आफ्नो अवस्थाबारे जानकारी गराउने गर्थे । सबैको कामना एउटै हुन्थ्यो होला सायद छिटो सन्चो भएर घरका मान्छेसङ सुखदुख बाँड्ने त्यही भएर होला सबै खुसी देखिने पनि । यसरी दिन बित्दै गए स्वास्थ्यमा सुधार हुँदै गयो झन्डै २१ दिनमा कोरोना रिपोर्ट पनि नेगेटिभ आयो । यो बिचमा सबै भन्दा अनौठो अनुभव भनेको बन्द कोठामा आफूलाई कैद गर्न नसकिने रहेछ भन्ने भयो ।

    मनमा उब्जिएका प्रश्न :

    मसँग निकै निकटतम सम्पर्कमा रहेका लाई किन सरेन होला ? र खोप लगाउँदा पनि किन सङ्क्रमित भए ? भन्ने थियो ।
    तर ति सबै प्रश्नको उत्तर एउटै कुरामा आएर ठोकिन्थ्यो त्यो थियो कोरोना भाइरस विरुद्धको खोप । फागुन महिनाको ४ गते नेपाल सरकारको लक्षित गर्व अन्तरगत रहेर कोरोना भाइरस विरुद्धको पहिलो डोज लगाएको थिए भने त्यसको दुई महिना पछि दोस्रो डोज लगाए । त्यसैले पनि होला ममा अलि घमन्ड थियो कोरोना अव मलाई लाग्दैन भन्ने ।

    कोरोना विरुद्धको खोप लगाए पनि सङ्क्रमण हुनसक्छ भन्ने त थाहा थियो । सुरक्षा मापदण्ड पनि नअपनाएको हैन तर कहाँ निर चुके दोस्रो खोप लगाएको ४ दिन नबित्दै सङ्क्रमित भए । तर लक्षण हुँदा पनि निकट रहेका साथीहरूलाई कोरोना नसर्नुको कारण थियो । त्यही खोप , विश्व स्वास्थ्य सङ्गठन, चिकित्सकले भनेको कुरामा मैले पनि विश्वास गरे । खोप लगाएपछि लगाएका मान्छे बाट सङ्क्रमण फैलिने सम्भावना न्यून नै रहेछ । त्यसैले नेपाल सरकारले खोप सबै नागरिकलाई लगाउन आवश्यक छ । एकातिर खोपले लगाएका मान्छेहरू अस्पताल नै भर्ना हुन पनि नपर्ने रहेछ । खोपले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने रहेछ ।

    जिन्दगी दौडधुप किन ?

    जीवनमा यो रात दिनको दौडधुप केका लागी जब आफूलाई समस्या पर्छ त्यति बेला थाहा हुँदो रहेछ । लाग्थ्यो मलाई सञ्चोमात्रै होस् । र ठिक भएपछि घरमै बसेर जिन्दगी कटाउँछु । यति बेला कोरोना भाइरसले देशभरका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ ।
    दैनिक सङ्क्रमण दर र मृत्युदर पनि घटी सकेको छैन । तर पनि समाजमा हामी धेरै जसो मानिसहरूलाई कोरोना भन्ने पनि छ र ? भनेझैँ भएको छ । हुलका हुलका गाउँतिर भिडभाड हुने गरेको अवस्था कायमै छ । बाहिर बजारतिर पसलहरू बन्द भए पनि भित्री गाउँतिर रहेका भट्टीहरुमा जम्मा हुनेको भिड उत्तिकै छ । जसका कारण अहिले गाउँतिर कोरोना संक्रमणदर बढ्दो देखिन्छ । हामी दिनहुँ जसो काममा दौडीरहने मान्छे र समाजका रहेका शिक्षित वर्गनै कोरोनालाई खेलाचि रुपमा लिइरहेका छौँ । जसको भागेदार हाम्रा परिवारका सदस्य भइरहेका छन् । कोरोना के हो ? भनेर एकचोटी सङ्क्रमित भएका मान्छेबाट अनुभव सुनौँ । लाग्छ जिन्दगी यति नै रहेछ भनेर सङ्क्रमित भएका मान्छे सन्चो हुँदा नयाँ जन्म पाएको किन भन्छन् भनेर थाहा हुनेछ ।

     

    • आत्मकथा
    • सङ्क्रमण
    सोमबार, जेठ २४, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
    शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
    ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.