सुदूरपश्चिम प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७८र०७९ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ ।
बजेट ल्याउनुभन्दा १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यस वर्ष केही ढिलो भएको प्रदेशसभा सचिवालयले जनाएको छ । राजनीतिक उतार चढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेश मार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेको थियो ।
संशोधित अध्यादेशमा अगामी नीति तथा कार्यक्रम ल्याउन कुनै समय सीमा राखिएको छैन । प्रदेश सरकारले असार १ गते अगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।