• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ७ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ७ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ७ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ७ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ७ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ७ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

खोप केन्द्रमै संक्रमण जोखिम

  •  संवाददाता
  • बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ की चन्द्रादेवी खत्री कोरोनाविरुद्धको खोप लगाउन बिहानैदेखि लाइनमा थिइन् । चर्को घाम र कोरोनात्रासका बीच लाइन लागेकी उनले डेढरदुई घण्टापछि मात्रै खोप लगाइन् ।

    कोरोना संक्रमणका कारण सबैतर्फ त्रास भइरहेका बेला उनलाई खोप केन्द्रबाटै कोरोना संक्रमण होला कि भन्ने चिन्ता पनि भयो । ‘चर्को घाममा यस्तो लाइन, अनि कोरोनाको पनि त्रास,’ खत्रीले भनिन्, ‘खोप लगाउन आएका समेत बिरामी होलान् भन्ने चिन्ता, खोप केन्द्रबाट कोरोना लाग्ने डर छ ।’ ६२ वर्षीया उनी खोप लगाएपछि भने खुसी थिइन् । कोरोना संक्रमणबाट जोगिने आसका साथ उनी घर फर्किइन् ।

     

    वैशाखदेखि फैलिएको दोस्रो लहरको संक्रमणका कारण थुप्रैले ज्यान गुमाए । धेरै संक्रमित भए । यस कारण पनि उनी जेनतेन खोप लगाउन आएकी हुन् । मंगलबारदेखि सुरु भएको खोप लगाउने कार्यक्रममा तोकिएको उमेर समूहबाहेक त्यसभन्दा माथिल्लो उमेरका समेत वृद्धवृद्धाहरू आइरहेका छन् । ‘खोपले कोरोना त कम लाग्ने रहेछ, तर यस्तो भीडबाट जोगिनै गाह्रो छ,’ भीमदत्त नगरपालिका –१८ निम्बुखेडाकी ७७ वर्षीया कमला चन्दले भनिन्, ‘अघिल्लोपटक पनि खोप सकिएर लगाउन पाइएन, अहिले पनि भीड धेरै छ ।’ उनी पनि बिहानैदेखि खोपका लागि लाइनमा लागेकी थिइन् ।

    जिल्लामा सोमबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत हरेक केन्द्रमा भीडभाड नै देखिन्छ । व्यवस्थापनको कमी र धेरै वडाको खोप केन्द्र एकै स्थानमा तोकिएका कारण भीडभाड बढी भएको हो । सदरमुकाममा रहेको भीमदत्त नगरपालिकामा ८ वटा मात्रै केन्द्रमा खोप लगाउने काम भइरहेको छ ।

    ‘सबै केन्द्रमा भीडभाड नै देखिन्छ,’ भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भने, ‘पछिल्लोपटक कोरोना संक्रमणले धेरै क्षति गरेका कारण पनि यसपटक खोप लगाउन बढी आएका हुन् ।’ उनका अनुसार अघिल्लोपटक खोप लगाउन छटेको ६५ वर्षभन्दा माथिको उमेर समूहका समेत खोप लगाउन धेरै आउने गरेका छन् ।

     

    जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबार पहिलो दिन २ हजार बढीले खोप लगाएका छन् । ७ नगरपालिका र २ गाउँपालिका रहेको जिल्लाभरिमा २९ खोप केन्द्रबाट खोप लगाउने काम भइरहेको छ । बिहीबारसम्म करिब ७ हजार जतिलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

    ‘केही ठाउँमा भीडभाड बढी देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन कपिलदेव जोशीले भने, ‘बजार क्षेत्रमा सबै जना एकैपटक आउँदा अझ बढी समस्या भएको छ ।’ उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको खोप केन्द्रमा त प्रहरी नै परिचालन गर्नुपरेको छ । भीमदत्त नगरपालिकाको सबैभन्दा बढी जनसंख्या भएको वडा नं। १८ संँगै १५ र ४ गरि तीन वडाको केन्द्र एकै ठाउँमा तोकिएका कारण बढी भीड भएको हो ।

    ग्रामीण भेगका खोपक केन्द्रमा समेत भीड नै देखिएको जोशी बताउँछन् । उनका अनुसार बिहानको समयमा सबै जना एकैपटक आउने भएका कारण व्यवस्थापनमा समस्या भएको छ । दिउँसोपछि भने भीड कम हुने गरेको उनले बताए ।-कान्तिपुर

    • संक्रमण
    बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.