• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री र कांग्रेसको चर्चा

  •  संवाददाता
  • शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि प्रदेशसभामा छलफल सुरु भएको छ । छलफलमा भाग लिएका सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिए भने विपक्षी सांसदले आलोचना गरे ।

    नीति तथा कार्यक्रममाथिको छलफलमा मुलुकको राजनीतिक घटनाक्रमबारे पनि धेरै छलफल भयो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य महेशदत्त जोशीले कठिन परस्थितिमा पनि विश्वासको मत प्राप्त गरेर सरकार जोगाउन सफल भएको भन्दै मुख्यमन्त्रीलाई बधाइ दिए ।

    उनले ५ वर्षसम्म सरकारको नेतृत्व गर्न भट्टलाई सुझाव दिए । ‘सुरुमा तपाई मुख्यमन्त्री हुनेबेला ३९ मत पाउनुभएको थियो । अहिले ३० मत पाएपनि विपक्षमा मतदान गर्नेको संख्या घटाउन पनि सफल हुनुभएको छ,’ जोशीले भने, ‘यो तपाईंमा भएको कार्यकुशलताकै परिणाम हो । अहिले तपाईंलाई अपमानित शब्द प्रयोग गर्नेहरु पनि पछि हटेका छन् ।’

    ‘कांंग्रेस सरकारको नेतृत्व गर्न तयार छ’

    विश्वासको मत पाएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसलाई समेत सरकारमा ल्याउने विषयमा छलफल गर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर नेकपा एमाले ओली समूहका प्रदेशसभा सदस्य लीलाधर भट्टले केही दिनअघि प्रदेशसभामै कांग्रेस पनि सरकारमा जान लागेको सुनेको भन्दै ‘अग्रिम बधाइ’ दिएका थिए ।

    शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले सत्तामा जान रहर नभएपनि आवश्यकता परेमा सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको बताएका छन् ।

    ‘धेरै साथीहरुले कांग्रेस सरकारमा जाँदैछ भनेको कुरा सुनेँ,’ बोहराले भने, ‘म स्पष्ट पार्न चाहान्छु अहिले नै हामीलाई सत्तामा जान रहर छैन । प्रजातन्त्र, राष्ट्रियता र स्वाभिन बचाउनका निम्ति कांग्रेस सरकार चलाउन तयार छ ।’

    नेकपा एमालेलाई लक्षित गर्दै उनले सकभर पार्टीभित्र झगडा गरेर आफूहरु नै कमजोर नबन्न सुझाव दिए ।

    नीति कार्यक्रम महत्वाकांक्षी

    प्रदेशसभा सदस्यहरुले सरकारले ल्याएको अगामी वर्षको नीति तथा कार्यक्रम महत्वाकांक्षी भएकाले कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । खासगरी नेकपा एमाले ओली पक्षीय प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रममाथि कटाक्ष गरेका छन् । प्रदेशसभा सदस्य लीलाधर भट्टले सरकारले नीति तथा कार्यक्रममा राखेका महत्वकांक्षी कार्यक्रमले बजेटमा निरन्तरता पाउनेमा आशावादी रहेको बताए ।

    ‘निजामती कर्मचारीको उपचारका लागि निजामती अस्पताल सञ्चालन, सेती प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने, पहाडी जिल्लामा १ निर्वाचन क्षेत्रमा २५ शय्याको अस्पताल बनाउने धेरै राम्रो कार्यक्रम सरकारले ल्याएको छ,’ भट्टले भने, ‘यति राम्रा कार्यक्रमले पक्कै पनि बजेटमा स्थान पाउनेछन् । शब्दावली कपी पेष्ट गरे जस्तो हुनेछैन ।’

    ओली पक्षकै अर्का प्रदेशसभा सदस्य रतन थापाले सरकार सञ्चालन भएको पहिलो वर्षमै ३२ बुँदे सुझाव दिएपनि अहिलेसम्म कतै समावेश हुन नसकेको गुनासो गरे । उनले सरकारले लोक सेवा आयोग र योजना आयोगलाई तलब भत्ता खुवाउने अखडा मात्र बनाएको आरोप लगाउँदै कानूनले निर्देशित गरेका काम कारवाही थाल्नुपर्ने सुझाव दिए ।

    माओवादी केन्द्रकी प्रदेशसभा सदस्य कुन्ती जोशीले डडेल्धुरा लगायतका पहाडी जिल्लाको स्वास्थ्य सेवाको विकास तथा विस्तारमा नीति तथा कार्यक्रम केन्द्रित गर्नुपर्ने सुझाव दिइन् ।

    उनले बेरोजगारी समस्या समाधान गर्ने तथा कृषि उत्पादन बढाउनतर्फ सरकारले जोड दिनुपर्ने बताइन् ।

    एमालेको माधव समूहका प्रदेशसभा सदस्य बलबहादुर सोडारीले सरकारले राम्रो नीति तथा कार्यक्रम ल्याएको बताए । उनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

    शुक्रबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल शनिबार पनि जारी रहनेछ । शनिबार दिउँसो ३ बजे बस्ने बैठकमा पनि छलफललाई निरन्तरता दिइने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    • सुदूरपश्चिम
    शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.