कास्की गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त भएसँगै चाल दलका ५ जना मन्त्रीले शपथ लिँदैछन् ।
प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नेपाली र अन्य ५ जनालाई विनाविभागीय मन्त्रीमा शपथ खुवाउने कार्यक्रम रहेको छ । स्रोतका अनुसार कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाया अधिकारी गुरुङ, स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र जसपाबाट हरिशरण आचार्य रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुखको निवासमा आजै शपथ खुवाउने कार्यक्रम रहेको छ ।