• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

भारतीय पक्षको विस्फोटले दार्चुला–लिपुलेक सडक खण्डका अवरुद्ध

"सिडियोको पत्र सुनुवाइ भएन "
  •  संवाददाता
  • आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भारतले निर्माण गरिरहेको दार्चुला–लिपुलेक सडक खण्डका कारण नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको छ। भारतीय पक्षका कारण ५ दिनदेखि नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको हो।

    सडकखण्ड निर्माणका क्रममा भारतले विस्फोटक पदार्थ विस्फोट गर्दा नेपाली भूभागमा क्षति भएको छ। नेपाली भू–भागको बाटोसमेत भत्किएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ।

    दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरूपलाई नेपालको भू–भागमा भइरहेको क्षति रोक्न र अवरुद्ध बाटो सञ्चालन गर्न आग्रहसहित पत्र पठाएको जानकारी दिए।

    ‘भारतीय गतिविधिका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले बाटो अवरुद्ध भएको छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले थाहाखबरसँग भने, ‘बन्द भएको बाटो खुलाउन र यस्ता गतिविधि रोक्न पत्रमा आग्रह गरेका छौँ।’

    नदीमा खसेको चट्टानलाई पन्छाउन र बहावलाई प्राकृतिक धारमा फर्काउन पनि आग्रह गरेको उनले बताए। उनले त्यसको जानकारी गृह मन्त्रालयलाई गराइएको र कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरिएको प्रजिअ ९सिडियो० जोशीले जानकारी दिए।

    स्थानीय प्रशासनका अनुसार दार्चुलाको व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको थियो। प्रहरी चौकी दुम्लीङबाट करिब दुई मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ।

    नेपालको बाटो भत्कियो, आवतजावत बन्द

    भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो। स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोडेटो बाटो पूर्णरूपमा भत्किएको छ। घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको स्थानीयले बताएका छन्। भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ।

    पत्रको सुनुवाइ भएन

    भारतीय पक्षबाट भइरहेको सडक विस्तारले नेपाली भूमिमा रहेको सडक अवरुद्ध पारेको बारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले भारतीय समकक्षीलाई पत्र लेखे पनि पत्र काटेको चार दिनसम्म पनि भारतीय पक्षले कुनै प्रतिक्रिया दिएको छैन।

    जिल्ला अधिकारी पिथौरागढमा पठाइएको पत्रमा सडक विस्तार गर्दा नेपाली भूमिमा रहेका बाटो अवरुद्ध भएको हुँदा बाटो खोल्न आग्रह गरिएको छ। तर, उताबाट पत्रको प्रतिउत्तर पनि आएको छैन।

    ‘बुधबार हामीले हामीले भारतीय पक्षलाई पत्र लेखेर पहिरो हटाउन आग्रह गरेका थियौँ प्रजिअ जोशीले भने, ‘अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। सडक अवरुद्ध नै छ।’ यस विषयमा गृह मन्त्रालयलाई पनि जानकारी गराएको तर उताबाट पनि कुनै प्रतिक्रिया नआएको उनले बताए।

    विगत लामो समयदेखि प्रयोगमा आइरहेको सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको छ।

     

    • दार्चुला–लिपुलेक
    • विस्फोट
    आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.