• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
  • १९ घण्टा अगाडि

फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
  • २ दिन अगाडि

नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
  • २ दिन अगाडि

स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते
  • २ दिन अगाडि

सुनको भाउ ६ सय रुपैयाँले बढ्यो
  • २ दिन अगाडि

दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र
  • २ दिन अगाडि

पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…
  • २ दिन अगाडि

कैलालीमा एक पुरुष मृत फेला
  • ३ दिन अगाडि

हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !
  • ४ दिन अगाडि

Advertisement

‘उदक’ : परिचय-अवधारणा

  •  संवाददाता
  • सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाली साहित्यमा कविताको एक लघुत्तम उप-विधाको रुपमा ‘उदक’ देखा परेको छ । ‘उदक’ संस्कृत भाषाको नाम शब्द हो । ‘उदक’ नेपाली भाषामा तत्सम शब्दको रुपमा प्रयोगमा आएको छ । ‘उदक’ को शाब्दिक अर्थ जल अर्थात् पानी हुने गर्दछ । उदक लेख्ने लेखक/स्रष्टालाई उदककार वा उदक यात्री भन्ने गरिन्छ ।

    पहिलो, दोस्रो र तेस्रो पङ्क्तिमा क्रमशः एक वटा, दुई वटा र तीन वटा शब्दको प्रयोग गरी विषयवस्तुको उठान, व्याख्या र निष्कर्षमा पुर्याइने कविताको उप-विधाअन्तर्गत काव्यको एक लघुतम रूप नै ‘उदक’ हो ।

    नेपाली माटोमा जन्मेर उदाएको ‘उदक’ अनौपचारिक रुपमा लेखन कार्यको थालनी बि.सं. २०७७/०६/२३ देखि भएता पनि संरचनात्मक रुप धारण गरेपछि सामाजिक सञ्जाल मार्फत् औपचारिक रुपमा यस विधाको सुरुआत बि.सं. २०७७/०६/२७ गतेको दिन भएको हो ।

    नेपाली हावापानी तथा उर्वर भूमिमा जन्मेका नेपाली साहित्यमा कविताको एक सशक्त उप-विधा ‘उदक’को सुरुवातकर्ता आर्त अकुलीन हुनुहुन्छ । उहाँद्वारा लिखित प्रथम उदक निम्न बमोजिम उल्लेख गरिएको छ :
    / उदक /
    तलाउ
    विचलित माछा
    माझी दाइको जाल !

    विषयवस्तु वा भाव, भाषा, शैली, लय, बिम्ब, प्रतीक आदि ‘उदक’का संरचक घटकहरु हुन् भने ‘उदक’का विशेषताहरु अन्तर्गत विशिष्टता, सङ्क्षिप्तता, पूर्णता, व्यापकता, हार्दिकता आदि पर्दछन् ।

    कविताको उप-विधाको रुपमा रहेको ‘उदक’को बाह्य संरचनात्मक ढाँचाअन्तर्गत तीनवटा पङ्क्ति हुने गर्दछन् । जसअन्तर्गत पहिलो पङ्क्तिमा एक शब्द, दोस्रो पङ्क्तिमा दुई शब्द र तेस्रो पङ्क्तिमा तीन शब्द रहने गर्दछन् । पहिलो पङ्क्तिले परिचय अर्थात् विषयवस्तुको उठान गर्दछ । दोस्रो पङ्क्तिले विषयवस्तुको व्याख्या गर्दछ भने तेस्रो पङ्क्तिले विषयवस्तुको बैठान अर्थात् निष्कर्षमा पुर्याउने कार्य गर्दछ । ‘उदक’मा अक्षर गणना हुँदैन ।
    उदाहरण :
    / उदक /
    दौँतरी ——————- एक शब्द — विषय उठान
    उकाली ओराली ——- दुई शब्द — विषयको व्याख्या
    वर पीपल चौतारी ! — तीन शब्द — विषयको निष्कर्ष

    त्यसै गरी ‘उदक’को आन्तरिक संरचनामा विषयवस्तु वा
    भाव र भाषाशैलीय विन्यास मुख्य रुपमा आएका हुन्छन् । सुन्दर तरिकाले विषयवस्तुको उठान गर्दै उत्कृष्ट तरिकाले भाव उत्कर्षमा पुर्याउन सकेको खण्डमा उदक एक नमुना योग्य बन्न सक्दछ । जीवन र जगतका भोगाइका अनुभूतिहरु ‘उदक’मा आउने गर्दछन् ।
    उदाहरण :
    / उदक /
    जवानी ——————– एक शब्द — विषय उठान
    शीतको थोपा ———— दुई शब्द — विषयको व्याख्या
    चिता जलेर खरानी ! — तीन शब्द — विषयको निष्कर्ष

    एउटै वाक्यलाई खण्ड – खण्ड गरेर वा व्याकरण विपरित अलग – अलग शब्दलाई जोडेर उदक रचना गर्नु हुँदैन । उदक सिर्जनाका क्रममा एउटै वाक्यलाई भाँचेर अर्थात् टुक्रा पारेर र पृथक शब्दलाई संयोजन गरेर लेख्दा यसको मर्म विपरित हुन जान्छ ।

    यस तथ्यलाई उदक स्रष्टाहरुले चिन्तन र मनन गर्नु अति असवश्यक छ । ‘उदक’ रचना गर्दा अन्तिममा आवश्यकता अनुसार लेख्य चिन्हको प्रयोग उचित मानिन्छ ।

    काव्यात्मक सौन्दर्य खातिर विषयवस्तुलाई पूर्णता दिन बिम्ब, प्रतिक, अलङ्कार आदिको समुचित प्रयोग अति आवश्यक मानिन्छ । त्यसैले उदकमा पनि यस तथ्यलाई हार्दिक मनन गर्दै स्रष्टाले उदक सिर्जना गरेको खण्डमा उदक उत्कृष्ट हुन सक्दछन् ।

    ‘उदक’ले साहित्यमा अभिधार्थभन्दा पनि व्यञ्जनार्थ र लक्षणार्थ शब्दशक्तिमा जोड दिन सकेको अवस्थामा सुनमा सुगन्ध हुने गर्दछ । नेपाली साहित्यमा कविताको उपविधाअन्तर्गत ‘उदक’ सुरु भएको केही महिना दिनमै सयौं स्रष्टाहरुले ‘उदक’ लेखन कार्य थाल्नुभएको छ ।

    ‘उदक’लाई काव्यिक विधाअन्तर्गत लघुतम रूपको मान्यता दिंदै नेपाल प्रज्ञा प्रतिष्ठानले २४ नम्बरमा दर्ता गरेको छ ।

    ‘उदक’को संरक्षण तथा सम्वर्धनमा खातिर यसबारे छलफल गर्न ‘उदक संवाद समूह’ नामक मेसेन्जर ग्रुप र ‘उदक यात्रा’ नामक फेसबुक पेजमा जोडिन हार्दिक अनुरोध छ ।

    ‘उदक’ को विकास, संरक्षण तथा सम्वर्धनमा अग्रजहरुको सल्लाह र सुझाव सहित स्रष्टाहरुको सामूहिक एकता हुनु अत्यावस्यक देखिन्छ ।                                              भिमराज अम्मै
    घो.न.पा.१०पहलमानपुर                                             ——————- आर्त अकुलीन

    ( लेखक कविताको उपविधा ‘उदक’ प्रवर्तक हुनुहुन्छ )

    • उदक
    सोमबार, जेठ ३१, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी
    फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन
    नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने
    • भर्खरै
    • चर्चित
    • १.
      पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

    • २.
      फोहोर व्यवस्थापन रोक्न नयाँ-नयाँ चलखेल गरिँदैछ, गाडी तोडफोड गर्नेसँग भरपाई लिइन्छ : मेयर बालेन

    • ३.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • ४.
      स्यालको टोकाइबाट कञ्चनपुरका दुईजना घाइते

    • ५.
      सुनको भाउ ६ सय रुपैयाँले बढ्यो

    • ६.
      दुई करोडको बहुउद्देश्यीय कभर्डहल अलपत्र

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      कैलालीमा एक पुरुष मृत फेला

    • ९.
      हिरोइनको विदेश दौडाहाले ‘झिंगेदाउ’लाई प्रचारमा सकस !

    • १०.
      चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने सर्वोच्च अदालतकाे निर्णय

    • १.
      रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा उत्कृष्ट अभिकर्ता सम्मान

    • २.
      बैतडीका ८ स्थानीय तहमा पहिरोको उच्च जोखिम

    • ३.
      बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

    • ४.
      खोलाछेउका घर आगनमै फौहोर व्यवस्थापन

    • ५.
      सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो सोरुप, प्रेममा धोका मुख्य कारण 

    • ६.
      प्रेम विवाह गरेको एक महिनामै युवतीको मृत्यु

    • ७.
      पञ्चेश्वरका नागरिक बिरामी पर्दा भगवान् भरोसामा,एम्बुलेन्स धनगढी थन्कियो…

    • ८.
      जीर्ण बन्दै कर्णाली पुल !

    • ९.
      नर्भिकले सार्वजनिक जग्गामा बनाएको संरचना हटाउन समिति गठन गरिने

    • १०.
      मुलुकको अर्थतन्त्र स्वस्थ अवस्थामा छैन : मन्त्री बडू

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.