सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत गरिरहेका छन् ।
आगामी वर्षको लागी करिब ३० अर्ब हाराहारीको बजेट प्रस्तुत हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । केन्द्रको सिलिङ अनुसार २३ अर्ब रुपैयाँ बजेट रहे पनि बचत र राजश्व बाडफाड जोडेर २९/३०को हाराहारीमा बजेट प्रस्तुत हुने सचिव झलकराम अधिकारीले बताए ।
चालु आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले ३३ अर्ब ३८ करोडको बजेट ल्याएको थियो। प्रदेश सरकारले आगामी वर्षको बजेटमा पनि पुरानै योजनाहरूलाई निरन्तरता दिने तयारी गरेको छ ।