सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवाका लागी आगामी बर्षमा २ करोड ५८ लाख बजेट विनियोजन गरेको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले बजेट भाषणका क्रममा निजामती सेवामा आकर्षण बढाउन ९ वटै जिल्लामा कार्यक्रम सञ्चालन गरिने बताए ।
उनले प्रदेशका विभिन्न कार्यालयमा रिक्त रहेको दरबन्दी प्रदेश लोकसेवा मार्फत व्यवस्थापन गरिने बताए ।