धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ नमूनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार हाल अस्पतालमा १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १ जना भेन्टिलेटर ,११ जना आइसियूमा, १ जना अक्सिजन सपोर्टमा उपचाररत छन् ।
यस्तै गएको २४ घण्टामा अस्पतालबाट ३ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ४ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।