• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, फागुन ०२, २०८२ | Saturday 14th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ३ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ६ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

खन्या खोलामा बाँध निर्माण सुरु, बाढीको जोखिम कायमै

  •  संवाददाता
  • बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे फेदीस्थित खन्याखोलामा निर्माण गरिएको बाँध बाढीले भत्काएपछि अस्थायी रूपमा बाँध निर्माण गर्न थालिएको छ । झण्डै तीन किलोमिटर स्थायी रूपमा निर्माण भएको बाँधको करिब पाँच सय मिटर क्षेत्रमा बाढीले बाँधलाई भत्काएपछि अस्थायी रूपमा बाँध निर्माण गर्न थालिएको हो ।

    भीमदत्त नगरपालिकाले तीनवटा टिपर, एउटा जेसीबी र एउटा निजी स्काभेटर प्रयोग गरेर भत्केको बाँधलाई अस्थायी रूपमा निर्माण गर्न लागेको भीमदत्त नगरपालिका–३ तिलकपुरका वडाध्यक्ष रामबहादुर जप्रेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाको स्रोत साधन मंगलबार बिहानबाट प्रयोग गरिएको छ ।

    “खोलामा बाढी आएर आइतबार नै बाँध भत्काएको अवस्था छ, सोमबार बिहानबाट भत्काएको तथा जोखिम भएको बाँधको क्षेत्रमा अस्थायी रूपमा बाँध निर्माणकार्य सुरु गरिएको छ ।” वडाध्यक्ष रामबहादुर जप्रेलले भने, “केही नगरपालिका स्रोतसाधन तथा निजी स्रोतसाधन प्रयोग गरेर खोलाको धारलाई परिवर्तन गर्ने कार्य भइरहेको अवस्था छ, स्थायी रूपमा बन्ने बाँधभन्दा अस्थायी बाँध निर्माणले केही सहजता हुने भएकाले तत्कालका लागि अस्थायी रूपमा बाँध निर्माण कार्य अगाडि सारिएको हो ।”

    खोला किनारमा अहिले खोलाको मध्यभागदेखि ग्राबेल उठाएर भत्किएको क्षेत्रमा पुर्ने काम भइहरेको छ । योसँगै ठूला ढुंगाले पनि बाँधलाई अस्थायी रूपमा बलियो बनाउने कार्य भइहरेको छ । यसैगरी खोलाको किनारसँग जोडिएको भीमदत्त नगरपालिका–७, ८ र ३ बाढीको उच्चजोखिममा छन् । यसअघि बाँध निर्माण हुनुभन्दा अगाडिको समयमा उक्त खोला गाउँमा पसेर ठूलो क्षति पु¥याएको थियो । हाल आएर बाँध निर्माण गरिएको भए पनि निर्माण गरेको बाँध भत्काएपछि जोखिम बढेको वडाध्यक्ष जप्रेलको भनाइ छ ।

    डडेल्धुरा जिल्लासँग जोडिएको चुरे पहाड क्षेत्र हुँदै उक्त खोला तराई क्षेत्रको भीमदत्त नगरपालिका क्षेत्रसँग जोडिएका वडा भएर बहने गर्दछ । तराईमा वर्षा नभए पनि चुरे पहाडको वर्षाले उक्त खोलामा बाढीको जोखिम हुने गर्दछ । खोलाको पश्चिमतर्फ गाउँको भागमा झण्डै तीन किलोमिटर जति पक्की बाँध निर्माण गरिएको छ । यसपटक भने वर्षाको सुरुवातको बाढीले बाँध भत्काउँदा नगरकै लागि जोखिम भएको अवस्था छ ।

    “वर्षायाममा मात्रै बहने खहरे खोला भन्ने गर्दछन्, वर्षायाममा खोलामा बाढी उर्लेर आउने गर्दछ, खोला किनार निर्माण गरिएको बाँध पनि पूर्णरूपमा निर्माण गरिएको अवस्था छैन,” वडाध्यक्ष जप्रेलले भने, “बाँध निर्माण गरिएको स्थानभन्दा अझै एक किलोमिटर बढी क्षेत्रमा बाँध निर्माण गर्नुपर्ने आवश्यकता छ, अहिले भत्केको स्थानमा अस्थायी रुपमा बाँध निर्माण गर्न लागिएको भए पनि बाढीको जोखिम भने कायमै छ ।”

    अस्थायी रूपमा निर्माण गरिन लागेको बाँध स्थायीभन्दा एकदमै कमजोर तथा कमसल हुने भएकाले अझै जोखिम न्यूनीकरण नभएको उनले बताए । खोला किनारमा स्थायी रूपमा बाँध निर्माण गर्ने तथा बाँधको ठाउँठाउँमा स्पर लगाउनु पर्ने देखिन्छ । नदी नियन्त्रणमा आफूहरूले प्रयास गरे पनि स्थायी रूपमा बाँध निर्माण नभएसम्म जोखिम कम नहुने वडाध्यक्ष जप्रेलको भनाइ छ ।
    कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे फेदीस्थित खन्याखोलाको बाँध बाढीले बगाएपछि अस्थायी बाँध निर्माण गरिँदै ।

    • बाँध निर्माण
    बिहिबार, असार ०३, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.