• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, माघ २५, २०८२ | Saturday 7th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ११ घण्टा अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ११ घण्टा अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • २ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ३ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ महिना अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ महिना अगाडि

Advertisement

कोरोनाको तेस्रो लहरको पूर्वतयारी भन्दै सीमामा पुगे प्रदेश मन्त्रीहरु

  •  संवाददाता
  • शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    २०७६ को अन्त्यतिर नेपालमा कोरोना भाइरस भित्रँदा स्थिति अन्योलपूर्ण थियो । कोरोना भाइरस के हो रु कसरी सर्छ रु कसरी जोगिने रु संक्रमण फैलिन नदिन कस्ता उपाय अपनाउने भन्ने यकिन थिएन । अन्यौलकैबीच संक्रमण बढ्दै गएपछि त्रास फैलियो । भारतमा पनि संक्रमण तीब्र बन्दा त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किन थाले । तर कोरोना प्रभावित क्षेत्र भारतबाट नेपाली स्वदेश फर्किदा सरकारले सीमा नाकामा ध्यान दिन सकेन । नेपालमा कोरोना भाइरस झनै फैलियो । संक्रमण तीब्र बन्यो । हजारौंको संख्यामा स्वदेश फर्किएकाहरुलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल रह्यो । सरकारले प्रयाप्त तयारी गर्न सकेन ।

    भारतबाट आउने नेपालीको संख्या धेरै हुँदा सरकारले क्वारेन्टाइनलाई व्यवस्थित गर्न सकेन, न त आइसोलेसन व्यवस्थित बने । हजारौंमा संक्रमण फैलियो, कैयौंले ज्यान गुमाए । जसोतसो क्वारेन्टाइन र आइसोलसन सञ्चालन गरियो । योबीचमा क्वारेन्टाइन र आइसोलसनको अब्यवस्था कम्ती कहालीलाग्दो थिएन ।

    विस्तारै संक्रमण विस्तारै सामान्यतर्फ उन्मुख भयो । क्वारेन्टाइन र आइसोलसन हटे । केही महिनाको लकडाउनपछि अवस्था सामान्यतर्फ उन्मुख बन्यो ।

    जनजीवन पूर्ववत् अवस्थामा फर्किन लाग्दा भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भयो । भारतमा कोरोना फैलिइरहँदा नेपालमा भने त्यसको कुनै परवाह थिएन । सत्तासिन राजनीति दल नै आपसी विवादमा फस्यो । सरकार कोरोना फैलिन नदिन पूर्वतयारी गर्नुको सट्टा राजनीतिक दलको विवादका कारण अन्यत्र मोडियो । राजनीतिक दलको विवादले सरकारनै डगमगाउने स्थिति हुँदा सरकारको ध्यान कोरोना संक्रमण रोक्ने तयारी भन्दा पनि सत्ता कसरी टिकाउनेतर्फ केन्द्रित भयो । राजनीतिक सभा सम्मेलन गर्ने होडबाजी नै चल्यो ।

    त्यसको असर सबै प्रदेशमा पनि पर्यो । त्यसबाट सुदूरपश्चिम प्रदेश पनि अछुतो हुन सकेन । कोरोनाको दोस्रो लहरको सामना कसरी गर्ने भन्नेतर्फ प्रदेश सरकारको ध्यान खासै केन्द्रित हुन सकेन । मुख्यमन्त्री र मन्त्रीहरुले राजनीतिक खिचातानीमै समय बिताए । प्रदेशमा अक्सिजन नपाएर संक्रमित छटपटाइ रहँदा प्रदेश सरकार आफ्नो जिम्मेवारीबाट विमुख जस्तै बन्यो । कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको बेला न सीमा क्षेत्रमा कडाई गरियो न स्वास्थ्य संस्थामा अक्सिजन लगायत स्वास्थ्य सामग्रीको व्यवस्थापन गरियो । प्रदेशमा दैनिक संयौं संक्रमित थपिँदै गए । एकैदिन २० जना भन्दा बढीले ज्यान गुमाए ।

    तर, अहिले दोस्रो लहर मत्थर हुँदै गइरहेको छ । यसअघि एक हजारको हाराहारीमा संक्रमित फैलिरहेको सुदूरपश्चिम प्रदेशमा अहिले दैनिक संक्रमण ५०÷६० जनामा झरेको छ । दैनिक ज्यान गुमाउने संख्या पनि १र२ मा झरेको छ ।
    सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको प्रभाव उच्च बिन्दुमा रहेका बेला सम्पर्कबिहीन बनेका प्रदेश सरकार मन्त्री अहिले संक्रमण दर घटेपछि भने ‘अनुगमन’ र ‘निरीक्षण’मा निस्किन थालेका छन् ।

    शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का दलबलसहित सीमा नाका गौरीफन्टा पुगे । त्यहाँ पुगेर मन्त्रीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार सक्रिय रहेको धारणा राखे । उनीहरुले भने– तेस्रो लहर फैलिन नदिन पूर्वतयारी दलबलसहित सीमा नाकामा पुगेको मन्त्रीहरुले तेस्रो चरणको कोरोना संक्रमण रोक्न प्रदेश सरकार पूर्वतयारीमा लागेको धारणा राखे ।

    प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले आफू भर्खरै मन्त्री बनेसँगै कोरोना रोकथामका लागि पूर्वतयारीमा सक्रिय रहने बताइन् । ‘कोरोना रोकथामका लागि प्रदेश सरकार यसअघि पनि लागेकै थियो,’ उनले भनिन्, ‘मन्त्रालयको जिम्मेवारी नयाँ व्यक्तिले सम्हालेपछि थप सक्रिए भएर लागेका छौं । जिम्मेवारी पाएको छोटो समयमै नाकाको अवस्था बुझ्न आएका छौं ।’ स्थानीय तहसंग सहकार्य गरेर प्रदेश सरकार कोरोना रोकथामका लागि अगाडि बढ्ने उनले बताइन् ।

    सामाजिक विकास मन्त्री लालबहादुर खड्काले विश्वमा कोरोना भाइरसको तेस्रो लहर पनि देखिइसकेको अवस्थामा नेपालमा नभित्रियोस् भन्न प्रदेश सरकार पूर्वतयारीमा जुटेको बताए । उनले त्यसैको पूर्वतयारीका लागि नाकामा स्थलगत अनुगमनमा आएको बताए । जसका लागि कैलाली, कञ्चनपुरमा होल्डिङ सेन्टर बनाउनेदेखि अस्पताल स्तरोन्नतीको काम अगाडि बढेको उनले बताए । ‘नाकामा हेल्प डेस्कलाई व्यवस्थित गरेर एन्टीजेन परीक्षणलाई थप प्रभावकारी बनाउँछौं,’ उनले भने, ‘कोरोना पोजिटिभ भएकालाई कैलाली र कञ्चनपुरमा बनाउन लागिएका होल्डिङ सेन्टरमा राख्छौं । रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई सम्बन्धित पालिकामा पठाउने व्यवस्था गर्छौं ।’

    सीमामा अनुगमनकै क्रममा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले नाकामा रहेको भौतिक संरचनाको अवस्थाको बारेमा जानकारी लिए । उनले आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने र त्यसका लागि प्रक्रिया पुर्याएर आउन कञ्चनपुरको पुनर्वास नगरपालिकाका प्रमुख जीवन थापालाई अनुरोध गरे । उनले नाकामा रहेका अन्य भौतिक संरचनाको पनि अनुगमन निरीक्षण गरे । मन्त्रीहरुसंगै अनुगमनमा रहेका धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले यसअघि सुस्ताएको प्रदेश सरकारको आँखा अहिले खुलेको बताए । उनले सीमा नाकालाई व्यवस्थित गर्नुपर्ने र त्यसका लागि प्र्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्ने बताए । उनले उपमहानगरपालिकाले आफ्नो तर्फबाट पनि सीमा नाकामा हेल्प डेक्स राखिएको बताए ।

    मन्त्रीसहितको जम्बो टोलीमा कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रदेश मन्त्रालयका सचिवहरुलगायत थिए ।

    • कोरोना
    • प्रदेश मन्त्री
    शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
    प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • २.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ३.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ४.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ५.
      अत्यन्त जरुरी सूचना !!

    • ६.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ७.
      शर्मा पुरस्कृत

    • ८.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ९.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • १०.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.