धनगढी – सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस शून्य पाइएको छ।अस्पतालमा कोरोना परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।
पछिल्लो २४ घण्टामा अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्।
हाल अस्पतालमा १६ जना संक्रमित उपचाररत छन्। जसमध्ये ९ जना संक्रमित आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।