• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, भदौ ०१, २०७९ | Wednesday 17th August 2022
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
  • १० घण्टा अगाडि

कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
  • १३ घण्टा अगाडि

सुनको मूल्य तोलामा ५ सयले घट्यो
  • १३ घण्टा अगाडि

बँदेलका लागि थापेको पासोमा चितुवा
  • १३ घण्टा अगाडि

जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी
  • २ दिन अगाडि

कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी
  • २ दिन अगाडि

स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म
  • २ दिन अगाडि

सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल
  • ४ दिन अगाडि

जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)
  • ४ दिन अगाडि

Advertisement

चुरे फेदीका बस्ती उच्च जोखिममा

  •  संवाददाता
  • सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मनसुनी वर्षाले मुलुकका अधिकांश भागमा बाढीपहिरो र कटान–डुबानले धनजनको क्षति भइरहेको छ । अविरल झरीसँगै कैलाली र कञ्चनपुरको चुरे पहाड र फेदका बस्तीमा त्रास फैलिएको छ । कञ्चनपुरमा चुरे क्षेत्रबाट बग्ने खन्या खोलाको बाढी बर्सेनि बस्तीमा पसेर घरखेत बगाउने गरेको छ ।

    महाकाली सिँचाइ आयोजना तेस्रो चरणले ५ वर्षअघि तटबन्ध निर्माण गरेपछि बाढी वस्तीमा पस्न रोकिएको थियो । यसपटक असार सुरुमै चुरे फेदमै तटबन्ध भत्काएर खोला सामुदायिक वन हुँदै बस्तीतर्फ मोडियो । बाढी थोरै समय रहेकाले ठूलो क्षति हुनबाट जोगियो । ‘केहीबेर मात्रै बाढी रह्यो, नत्र बस्ती सबै बगाउँथ्यो,’ भीमदत्त नगरपालिका– ३ तिलकपुरका उत्तम चन्दले भने, ‘तटबन्धका कारण केही वर्ष बाढी रोकिएको थियो, फेरि दुःख दिन थाल्यो ।’ उनका अनुसार ५ वर्षअघिसम्म उक्त खोला बर्सेनि बस्ती पसेर चुरे फेदीका बस्तीहरू जहिल्यै डुबानमा पर्थे ।
    तटबन्ध निर्माणपछि खोला नियन्त्रण भएको थियो । ‘यो पाला त सुरुमै तटबन्ध भत्काएर खोलाले धार परिवर्तन गरेको छ,’ सोही क्षेत्रका स्थानीय केशव साउदले भने, ‘बर्खा त भर्खर सुरु भएको छ, अझै कति क्षति गर्ने हो ।’ चुरे फेदी हुँदै महेन्द्रनगर बजार छेउ भएर बग्ने उक्त खोलाको समयमै नियन्त्रण हुन नसके भीमदत्त नगरपालिकाका आधा दर्जन वडा प्रभावित हुने देखिन्छ । खन्याखोला बग्ने चुरे क्षेत्रमा पनि पहिरोको आकार बर्सेनि बढ्दो छ । यतिबेला खन्याखोलाले भत्काएको बाँध मर्मतको काम चलिरहेको छ ।

    तटबन्ध पुनर्निर्माण भएपछि बाढी रोकिने स्थानीयका आशा छ । तर, चुरे क्षेत्रमा बढ्दै गएको पहिरो नियन्त्रणको प्रयास नभएर तटबन्धले मात्रै काम नगर्ने स्थानीय बताउँछन् । उनीहरूका अनुसार केही वर्षअघिसम्म निकै सानो आकारमा रहेको पहिरोले अहिले ठूलो रूप लिएको छ । जसका कारण खोलाले समेत बढी क्षति गर्दै आएको छ । भीमदत्त–९ ब्रह्मदेवनजिकैको भिमिरगाड खोला पनि बर्सेनि विकराल बन्दै गएको छ । उक्त क्षेत्रमा बस्ती नभए पनि वन क्षेत्र ठूलो मात्रामा सखाप पारेको छ । चुरे क्षेत्रमा पनि बर्सेनि पहिरो बढ्दै गएको छ ।

    चुरे फोड्दै स्थानीय तह

    पश्चिम नेपालको चुरे क्षेत्रमा वन फँडानी, ढुंगागिट्टी उत्खनन र डोजरले सडक खन्दा तराईको शिर चुरे कमजोर बन्नुका साथै उर्वर जग्गा मरुभूमि बन्ने क्रम बढ्दो छ । सुक्खायाममा लाग्ने डढेलोले वन क्षेत्र नांगो हुने र खोलानालाबाट अनियन्त्रित ढंगले उत्खननका कारण चुरेसँगै आसपासका बस्तीसमेत जोखिममा परेको स्थानीय बताउँछन् ।

    चुरे फेदमै एक्स्काभेटर प्रयोग गरेर हुने उत्खननले खोलाको स्वरूप नै परिवर्तन गरेको उनीहरू बताउँछन् । ‘डढेलोले वन पूरै नांगो भएको छ, त्यसैमा तल्लो क्षेत्रबाट अनियन्त्रित उत्खननले अहिलेको समस्या निम्तिएको हो,’ चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले भने, ‘ब्रह्मदेवदेखि अत्तरियासम्म अधिकांश खोलानालामा यस्तै समस्या छ ।’

    कञ्चनपुरमा खन्या खोला, बगुन, मुसेपानी, बण्ड र मछेलीलगायत चुरेबाट बग्ने आधा दर्जन खोलानालाबाट ढुंगा, गिट्टी उत्खनन हुने गरेको छ । स्थानीय तहहरूले राजस्व संकलन गर्न उत्खननका लागि ठेक्का दिने भए पनि त्यसको अनुगमन नहुँदा खोलानाला अनियन्त्रित हुन थालेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धर बताउँछन् । ‘स्थानीय तहहरूले निर्माण सामग्री उत्खनन गर्दा मापदण्ड पालना गरेका देखिँदैन,’ उनले भने, ‘संकलन भएको राजस्वको केही अंश पनि संरक्षणमा लगाउँदैनन् ।’

    आफैंमा कमलो पहाड चुरेमाथि मेसिनहरू प्रयोग गरेर अनियन्त्रित उत्खननले तल्लो तटीय क्षेत्रका बस्तीसंँगै चुरेको भविष्यसमेत जोखिममा रहेको मानन्धर बताउँछन् । ‘हरेक खोलाको सिरानमा पहिरो बढ्दै गएको छ,’ उनले भने, ‘नियन्त्रण गर्न सकिने अवस्था पनि छैन ।’ उनले बायोइन्जिनियरिङबाट मात्रै पहिरो नियन्त्रण हुन सक्ने भएकाले त्यसतर्फ ध्यान जानुपर्ने बताए ।

    ‘यस्तै अवस्था रहे तराई मरुभूमि परिणत हुन्छ,’ लामो समयदेखि चुरे संरक्षणमा रहेका स्थानीय वनविज्ञ विजय श्रेष्ठले भने, ‘चुरे फोडेर ढुंगा, गिट्टी निकासी गर्ने कुरो गम्भीर चिन्ताको विषय हो, सरकारको यस्तो नीतिले समृद्धि हैन, डरलाग्दो भविष्यलाई संकेत गरेको छ ।’ कैलालीको चुरे फेदमा रहेका गोदावरी, खुटिया, गौरीगंगा नदीबाट ढुंगा, गिट्टी उत्खनन भइरहेको छ । श्रेष्ठका अनुसार दुई दशकअघि १०/१५ मिटर चौडाइका नदीनाला अहिले ५ सय मिटर फराकिलो भइसकेका छन् । पूर्वपश्चिम राजमार्गका सडक–पुलहरूको उचाइ नदीको सतह पुरिएर घट्दै गएको छ । स्थानीय तहहरूले नदीजन्य वस्तु नै आम्दानीको प्रमुख स्रोत बनाएकाले चुरे दोहन बढेको डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत रामचन्द्र कँडेलले बताउँछन् । ‘दुई/चार करोड राजस्व उठाउने लोभमा स्थानीय तहले दूरदृष्टि राख्न सकेका छैनन्,’ उनले भने, ‘वातावरणीय प्रभावको अध्ययन गरेको क्षेत्रभन्दा बाहिरबाट उत्खनन भएको छ कि छैन भनेर अनुगमन पनि छैन ।’ उनले विकास निर्माणको रूपमा जथाभावी भइरहेको सडक बाटो, खानेपानी, सिँचाइका योजनाले पनि चुरे विनाश भइरहेको बताए ।

    चुरेसँग जोडिएका कैलालीका लम्कीचुहा, बर्दिगोरिया, घोडाघोडी, गौरीगंगा र गोदावरी नगरपालिकाको कुल आम्दानीको ४० प्रतिशत खोलानालाका ढुंगा, गिट्टी र बालुवाको ठेक्कापट्टाबाट उठ्ने गरेको छ । चुरेबाट बग्ने नदीमा लगाउने ठेक्काको विषयमा स्थानीय तहबीच सीमा विवादसमेत बढेको छ । चुरेमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाको तल्लो क्षेत्रका गोदावरी बर्दगोरिया, गौरीगंगा, घोडाघोडीसँग सीमा विवाद छ । साभार : कान्तिपुर 

    • उच्च जोखिम
    सोमबार, असार ०७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु
    कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला
    सुनको मूल्य तोलामा ५ सयले घट्यो
    • भर्खरै
    • चर्चित
    • १.
      सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

    • २.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ३.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    • ४.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • ५.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ६.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ७.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ८.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ९.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • १०.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • १.
      जब वनफूलले ढाक्यो खप्तड (फोटो फिचर)

    • २.
      ‘मास्क लगाउँदा नयाँ सङ्क्रमित २० प्रतिशत र मृतक १४ प्रतिशतले घटे’

    • ३.
      कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मेटमणि चौधरी

    • ४.
      जनताले रुचाएको  इमानदार नेतालाई टिकट दिनु पर्छ : बोगटी

    • ५.
      सुदूरपश्चिममा सवारी चाप बढेको बढ्यै, सडक संरचनाले धान्नै मुस्किल

    • ६.
      स्थानीय तहमा ट्रेलर, मंसिरमा फिल्म

    • ७.
      कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

    • ८.
      भन्सारमा ९ सय गाडी अलपत्र

    • ९.
      बँदेलका लागि थापेको पासोमा चितुवा

    • १०.
      सुनको मूल्य तोलामा ५ सयले घट्यो

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    www.dainikjiban.com

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रबन्धक तथा अध्यक्ष
    प्रधान सम्पादक
    सम्पादक
    समाचार संयोजक
    सह सम्पादक
    संवाददाता

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2022 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.