दलित महिला अधिकार मंच नेपालल कैलालीका २ स्थानिय तह कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकालाई हेण्डवास स्टेशन र आईशोलेशनका लागि कोभिड स्वास्थ्य तथा सरसफाई सामग्री हस्तान्तरण गरेको छ ।
डि.सी.ए.को सहयोगमा दलित महिला अधिकार मंच नेपालद्धारा संचालित आधार परियोजना अन्र्तगत कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण र आइसोलेसन व्यवस्थापनका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष सावित्रा घिमिरेले जानकारी गराउनुभयो । उक्त स्वास्थ्य तथा सरसफाई सामाग्रीहरु एक कार्यक्रमका विच दलित महिला अधिकार मंचका अध्यक्ष सावित्रा घिमिरेले गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम वहादुर देउवा र उपप्रमुख अञ्चला चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो भने कैलारी गाउँपालिकामा प्रवक्ता कमल प्रसाद चौधरी,सामाजिक शाखा प्रमुख यगम कलेल र स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र सापकोटालाई हस्तान्तरण गरिएको थियो ।
कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकामा हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा हेण्डवास स्टेशन ११ वटा, डस्ना २० पिस,तन्ना २० पिस,सिरानी २० पिस,ब्लाड केट २० पिस,झुल २० पिस,सेनिटरी प्याड १०० पिस,टावेल २० पिस,बेड १० वटा,हार्पिक १६ पिस,बाल्टीन १० पिस,मग १० पिस,फिनेल १६ पिस,मोपिड ४ पिस,ग्लोब्स ८ पिस,स्प्रे सेनिटाईजर२० पिस,साबुन २० पिस,माक्स २५०० पिस,फेस सिल्ड ६० पिस,सर्जिकल ग्लोब्स ५० बट्टा,सेनिटाईजर १०० पिस रहेको छ ।
दलित महिला अधिकार मंचद्धारा स्थानिय तहलाई कोभिड स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
दलित महिला अधिकार मंचद्धारा स्थानिय तहलाई कोभिड स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण
![](https://www.dainikjiban.com/wp-content/uploads/2021/06/received_451984179374297.jpeg)
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु