बुधबार बिहान नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या देखिएको छ । बिहान साढे ६ बजेपछि टेलिकममा फोन सेवा अवरुद्ध भएको थियो ।
समस्या देखिएको झण्डै २ घण्टापछि सेवा सुचारु भएको छ। विहान सिस्टमको समस्याका कारण देशभर टेलिकमको प्रिपेड र पोस्टपेड नेटवर्कमा समस्या देखिएको थियो ।
अहिले उक्त समस्या समाधान भइसकेको नेपाल टेलिकमले जनाएको छ ।